दाेश्राे चरण निर्वाचनकाे मनाेनयन दर्ता उत्साहजनक

39

नवलपरासी, कार्तिक १६, २०७४ ।

प्रतिनिधिसभा र प्रदेशसभाकाे दाेश्राे चरणकाे मंसिर २१ मा हुने निर्वाचनका लागि अाज विभिन्न ४५ जिल्लामा हर्षाेल्लासका साथ बाजागाजा बजाउदै मनोनयन दर्ता भएको छ ।  नवलपरासीमा पनि उम्मेदवारहरूले उत्साहजनक प्रदर्शन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन दर्ता गराएका छन् ।

Advertisement

जिल्लाको सुस्ता पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट देवकरण कलवार सन्तुले मनोनयन दर्ता गराएका छन् भने वाम गठबन्धनबाट सूर्य चिन्ह लिएर नेता हृदयेश त्रिपाठीले मनोनयन दर्ता गराएका छन् । नेता त्रिपाठी यस पटक एमालेसँग चुनावी तालमेल गरी सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्न लागेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने उनको प्रतिस्पर्धीको रुपमा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम यादवको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा १ को प्रदेश नम्बर १ बाट कांग्रेसका पूर्वसांसद विक्रम खनाल, वाम गठबन्धनबाट खनालको विरुद्धमा एमालेका दीपेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराए । सोही क्षेत्रको प्रदेश नम्बर २ बाट कांग्रेसबाट मुकुल आचार्य र वाम गठबन्धनबाट अजय बहादुर शाहीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले जनाएको छ ।

त्यस्तै प्रतिनिधिसभा २ को प्रदेशसभा १ बाट बाम गठबन्धनबाट एमालेका नेता एवं पूर्वसांसद बैजनाथ चौधरी र कांग्रेसबाट गुणनिधि तिवारीको मनोनयन दर्ता भएको छ । सोही क्षेत्रको २ नम्बर प्रदेशसभाबाट कांग्रेसबाट वैजनाथ जयसवाल र बाम गठबन्धनबाट कन्हैया कोहारको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको सुस्ता पश्चिम परासी क्षेत्रमा १ सय २० मतदानस्थल र २ सय ५७ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा २ लाख ८ हजार २ सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, प्रदेश नं ४ नवलपुरकाे क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइराला प्रतिनिधी सभाका लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ भने साे स्थानमा वाम गठबन्धनका तर्फबाट भविष्वर पराजुलीकाे उम्मेदवारी परेकाे छ । प्रदेश सभा १ र २ मा क्रमशः नेकाबाट कृष्णचन्द्र नेपाली र महेन्द्रध्वज जिसि उम्मेदवार बन्नु भएकाे छ । साे स्थानमा वाम गठबन्धनका तर्फबाट क्रमशः सुर्य नयाेपाने र राेशन गाहाले उम्मेदवारी गर्नुभएकाे छ ।

त्यस्तै, प्रदेश नं ४ नवलपुरकाे क्षेत्र नं. २ मा नेपाली कांग्रेसका विष्णु बहादुर कार्की प्रतिनिधी सभाका लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ भने साे स्थानमा वाम गठबन्धनका तर्फबाट तिलक महतले उम्मेदवारी गर्नुभएकाे छ । प्रदेश सभा १ र २ मा क्रमशः नेकाबाट विष्णु लामिछाने र गणेशमान श्रेष्ठ उम्मेदवार बन्नु भएकाे छ । साे स्थानमा वाम गठबन्धनका तर्फबाट क्रमशः किशन शर्लेमा र जनकलाल श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।

नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि चुनावमा उम्मेदवारी दिएको छ ।क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा सहभागी भएको हो । प्रदेश नम्बर ५ परासीको प्रतिनिधिसभा १ बाट रामचन्द्र पोखरेल र १ बाट प्रेमलाल रिमालले उम्मेदवारी दिनुभएको मोर्चाका अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिनुभयो । मोर्चाका चुनाव चिन्ह मुठठी रहेको छ ।
 
त्यस्तै प्रतिनिधिसभा १ क बाट सुर्यप्रसाद सापकोटा र ख बाट गुणनिधि उपाध्यायले उम्मेदवारी दिनुभएको थियो ।  मोर्चाको परासी जिल्लाबाट ४ जना समानुपातिक उम्मेदवार सहित ८ जना उम्मेदवार रहेका छन् । त्यस्तै देजमोबाट नवलपुरमा पनि उम्मेदवारी भएको छ । नवलपुर १ बाट पिताम्बर तिवारी र १ ख बाट मणि प्रसाद न्यौपानको उम्मेदवारी परेको छ ।
 
त्यस्तै पत्रकार नारायण पंगेनी प्रतिनिधिसभा १ नवलपुरबाट उम्मेदवार हुनुभएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पंगेनी क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चा देजमोको आधिकारिक उम्मेदवार हुनुभएको हो । 
आरुंङखोला निवासी पंगेनी काठमाण्डौमा पत्रकारितामा क्रियाशिल रहदै आउनुभएको थियो । पंगेनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएको छ ।
त्यस्तै देजमोले प्रतिनिधिसभा १ ख बाट श्याम बहादुर कुमालकाे उम्मेदवारी परेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले जानकारी दिनुभयो । नवलपुर जिल्लामा देजमोबाट ६ जना सहित १० जना उम्मेदवार रहेका छन् ।