लुम्बिनी साँस्कृतिक नगरपालिकामा खिंचातानी

5
DCIM102MEDIA
बिज्ञापन

बिन्दु कुमार चौहान, लुम्बिनी ३ असोज ।

अन्तरराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी स्थित लुम्बिनी साँस्कृतिक नगरपालिकाका जनप्रतिनिधि बीच तालमेल नहुंदा खीचातानी बढेको छ ।
आर्थिक बर्ष २०७४ ०७५ को बजेट बाँडफाँडमा मेयर र वडा अध्यक्षहरु बीच भागबन्डा नमिल्दा खिचातानी बढको हो ।
माथि बाट आउने बजेटमा एकरुपता ल्याई समान रुपमा पारदर्शि ढंगबाट बाँडफाँड गर्नुपर्नेमा मेयर र कार्यकारीअधिृकतले योजना रकम बारे जानकारी नगराएकाले वडा भेलाहरु हुन नसकेको वडा नं. ११ का वडा अध्यक्ष अक्रम मुसलमानले जानकारी गराए ।
त्यस्तै मेयरलाई नगरपालिकाको कार्यकारी अधिकृतले हातमा लिई बिना छलफल बिनीयोजनको खाका बनाएको वडा नं. ३ वडा अध्यक्ष बडका भन्ने अक्रामुद्दीन मुसलमानले बताए ।
आफुहरुलाई जनताले मत दिएर जिताएकाले जनता कै परामर्शबाट जनता कै लागि योजना छनौट गरि सही ढंगले सदुपयोग गर्नुपर्ने उनको धारणा छ ।
नगरप्रमुख र नगर अधिकृतले सबै वडा अध्यक्षहरुलाई माथि बाट आएको रकम भागबन्डा नगरे सम्म वडा भेला हुनै नसक्ने वडा नं. ७ का वडा अध्यक्ष ध्रुवप्रसाद यादवको भनाई छ ।
उनले आफूहरु जनता प्रति जबाफदेही भएको हुदा प्रत्येक वडामा समान ढंगबाट उपलब्ध गराइएको रकम आ आफनो तरीकाले जनचाहना अनुसार बिकास निर्माणमा खर्च गर्ने सोच बनाएको बताए ।
तर लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यकारी अधिृकत यमबहादुर कुवँरले लक्षित रकम बाहेक बिकास निर्माणमा खर्च हुने रकम वडा भेला मार्फत योजना छनौट भए पछि मात्र भागबन्डा लगाउने प्रावधान रहेको हुदा वडा अध्यक्षहरुले पहिला रकमको भागबन्डाको माग गरेपनि नगरपालिका निर्देशिका बाटै दिन नमिल्ने जानकारी गराए ।
योजना तर्जुमा बिना हचुवातालमा वडा अध्यक्षहरुले रकमको भागबन्डाको माँग गर्नु भन्दा नगरपालिका सञ्चालन निर्देशिका बारे ब्यापक छलफल अध्ययन पश्चात नीतिगत तरीकाबाट वडा भेला मार्फत छनौट भई आएका योजना कार्यन्वयनका लागि नगरसभा बाट पारित गराउन पट्टि वडा अध्यक्षहरुको ध्यान जान जरुरी भएको नगरअधिकृत कुवरको सुझाव छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी सँग जिज्ञासा राख्दा उनले एक, दुई र नौ नम्बर वडाको वडा भेला भई सकेकोले बाँकी वडाहरुमा भेला गराउन वडा अध्यक्षहरु लाई मिलाएर लैजाने प्रयत्न गरिरहेको बताए ।
उनले फरक फरक सिद्धान्त बोकेर आएका वडा अध्यक्षहरुको बिचार फरक हुनु स्वाभाविकै रहेको हुदा नगरपालिका सञ्चालन निर्देशिकामा वडा अध्यक्षका काम,कर्तब्य र अधिकार क्षेत्र बारे नीतिगत अध्ययन गरि मिलनबिन्दुको उपाय खोज्न निर्देशन समेत दिए ।
उक्त समस्याको समाधानका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर र वडाअध्यक्षहरुलाई एकै ठाँउमा बसाली आफूले छलफल गर्ने रुपन्देही जिल्लासमन्वय समितीका अध्यक्ष एकराज बिकले बताए ।
यद्यपि दुईजना वडा अध्यक्षहरु बाहेक ११ जना वडा अध्यक्षहरु नेपाली काँग्रेसका र संघीय समाजबादी फोरमका परेका कारण कूटनीति प्रयोग गरि नगरप्रमुख चौधरीले मिलाएर लैजान नसक्दा समस्या थपिएको स्थानीय बुद्धीजीवीहरुको भनाई छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा रकम बाँडफाड नभए सम्म वडा भेला नगर्ने अडानका कारण नगरसभा अन्योलमा पर्नुका साथै जनताका बिकास निर्माण कार्य आगाडी बढन नसकेको बताइएको छ ।

Advertisement