महायज्ञकाे तयारी अन्तिम चरणमा, सचिवालय उद्घाटन

4
बिज्ञापन

सदिक्षा गैरे

कावासोती, २० माघ २०७५

Advertisement

प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा यहीं माघ २३ देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । बिद्यालयले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दे महायज्ञको तयारी पुरा भएको जानकारी दिएको हो ।

महायज्ञको माघ २३ गते पुर्वप्रधानन्याधिश गोपाल प्रसाद पराजुलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०११ सालमा स्थापना भइ वि.सं. २०४६ साल देखि माध्यमिक तह र वि.सं.२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विद्यालयमा समयानुकुल प्राविधिक शिक्षा प्रदान गर्नका लागि धनधान्याचलन महायज्ञ सञ्चालन गर्न लागिएको यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीले जानकारी दिनु भयो ।

माध्यमिक तह सम्म अध्यापन हुने विद्यालयमा हाल अंग्रेजी र नेपाली माध्यममा कक्षाहरु सञ्चालन हुदै आएको छ । विद्यालयमा कावासोती नगरपालिका सहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थीहरु अध्यायपन गर्दै आएका छन् ।

हाल विद्यालयमा ६ सय ६४ जना विधार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिनु भयो । धान्याञ्चलमा प्रखर युवा वाचक श्रीचैतन्यकृष्णज्यूको प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चाल हुने जनाइएको छ । यहि माघ २३ गते कलश यात्रा सहित उद्घाटन हुने धनधान्याञ्चलको तयारी अन्तिम चरणमा पुगेको हो । महायज्ञ अबधीभर नवग्रह शान्ति पुजा , तुलादान , शुभविवाह , ब्रतबन्ध , लक्षवती दिपप्रज्वलन , चौरासी पुजा लगायतका कार्यहरु समेत हुने आयोजकले जानकारी दिएको छ । बिद्यालयले सो अबधीमा यथाशक्य दान गरेर प्राविधिक कक्षा सञ्चालन गर्ने बिद्यलायको महान् हभयानमा सरिक हुन सबैलाई आव्हान गरेको छ ।

आईतबार नै एक समारोहका बिच महायज्ञको सचिवालय समेत उद्घाटन गरिएको छ । महायज्ञलाई व्यवस्थित तवरले सञ्चालन गर्न आजदेखिनै सचिवाललाई उद्घाटन गर्दे सञ्चालनमा ल्याईएको हो । समाजसेवी श्याम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सचिवालय उद्घाटन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे , वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्त , वडानम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद वास्तोला लगायतले महायज्ञको सफलताको शुभकामना व्यक्त गरेका थिए । यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीको अधयक्षतामा भएको सो कार्यक्रममा शिवप्रसाद भट्टराईले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने बिद्यालयका शिक्षक श्रीकण्ठ काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी श्याम श्रेष्ठले महायज्ञमा रु ५ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग प्रदान गर्ने घोषणा समेत गर्नुभयो । सो अबसरमा वडा नम्बर १ , ५ र ६ का सम्पुर्ण वडा सदस्यहरुको समेत सहभागिता थियो ।

महायज्ञको अबसरमा आईतबार बिहान वडा नम्बर १ र ६ मा बृहत् सरसफाई समेत गरिएको थियो । बिद्यालयका शिक्षक नवराज सुवेदीको संयोजत्वमा सम्पन्न सरसफाइृ कार्यक्रममा शिक्षक , बिद्यार्थी , अभिभावक , सामाजिक अभियन्ताहरु ल्गायत स्थानीय वासिन्दाहरुको समेत सहभागिता रहेको थियो ।