मानव अाेसार पसार गर्ने पक्राउ

5
बिज्ञापन

संजय कुशवाहा/ नवलपरासी , २९ कार्तिक

नवलपरासीको सुस्ता गाउँपालिकाबाट प्रहरीले मावन बेचविखन तथा ओसार–पसार गर्ने एक महिला एजेन्टलाई पक्राउ गर्दै तीन जना महिलाहरुको उद्दार गरेको छ ।

Advertisement

कुवेत पठाउने भन्दै भ्रममा पारेर भारतमा बेच्न लैजाने क्रममा प्रहरीले जिल्लाको सुस्ता गाउँपालिका ५ बस्ने २८ बर्षिय महिला एजेन्ट सुनिता गुरुङ्गलाई पक्राउ गरेको हो ।

पक्राउ परेकि महिला एजेन्ट गुरुङ्ग संग उनको घरमा रहेका सिन्धुपाल चोक जिल्लाको बारबिस्से नगरपालिका ६ बस्ने २८ बर्षिय संगिता थामी, सोही जिल्लाको चौतारा नगरपालिका १ बस्ने ३० बर्षिय ग्यामो सिर्पानी र बाँके जिल्लाको राप्तीसुनसरी गाउँपालिका १ बस्ने ३५ बर्षिय मनिषा विश्वकर्माको उद्दार समेत गरेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

एजेन्ट गुरुङ्गले यि महिलाहरुलाई जिल्लाको पक्लिहवाँ नाकाबाट छिराउदै भारतको गोरखपुरबाट रेल चढाई दिल्ली समेत पु¥याने र दिल्लीबाट कुवेत फलाईट गराउने भ्रम छर्दै भारतीय एजेन्टलाई गोरखपुरमा सुम्पिने योजना बनाएकि खुलेको छ ।

गुरुङ्गले एक जना महिलालाई भारतको गोरखपुरसम्म पु¥याएपछि १० हजार रुपैया भारु कमिशन पाउने प्रहरीले जनाएको छ ।

एजेन्ट गुरुङ्ग यि तिनै जना महिलाहरुलाई कुवेत पठाउने भन्दै ललाई फकाई आफनो घरमा लुकाई छिपाई राखेकि थिईन् ।

विगतका बर्षदेखि यस्तै विदेश पठाउने बहानामा भारतमा चेलीबेटी बेखविखन गर्दै आएकि एजेन्ट गुरुङ्गको गाउँमा नराम्रो हल्ला फैलिएपछि यिनलाई स्थानियले निगरानीमा राखेका थिए ।

गुरुङ्गले ति महिलाहरुलाई रातीको समयमा घरमा ल्याएर राखेपछि प्रहरीले विषेश सुराकीको आधारमा एजेन्ट गुरुङ्गको घरबाट ति तीन जना महिलाहरुको उद्दार गर्दै गुरुङ्गलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकि एजेन्ट गुरुङ्ग यतिबेला ईलाका प्रहरी कार्यालय बेलाटारीमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छिन् ।