महिलाहरूकाे निशुल्क स्त्रीरोग परिक्षण स्वास्थ्य शिविर सम्पन्न

32
बिज्ञापन

उमेश बि.क / नवलपरासी, १७ फाल्गुन

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ तिलकपुर वडा कार्यालयकाे सभाहलमा महिलाहरूकाे निशुल्क स्त्रीरोग तथा पाठेघर परिक्षण स्वास्थ्य शिबिर सम्पन्न भएको छ।

Advertisement

सरावल गाउँपालिका वडा नं. १ काे सहयाेग तथा वडा स्तरीय महिला सन्जालकाे अायाेजनामा सन्जालकि अध्यक्ष अन्जनि चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा शिबिर सम्पन्न भएको हाे।

शिबिरलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले आर्थिक तथा अशिक्षा र लाजका कारणले महिलाले स्वस्थ्य परिक्षण गर्नु पर्नेमा धेरै महिला दिदी बहिनीहरुको पाठेघर जस्तो सम्बेदनसिल अंगको जाँच नगारउने र यौन रोग जस्ता जटिल र संक्रामक रोगहरुबाट ग्रसित हुनु पर्ने साथै रोग लुकाएर राख्नाले पनि क्यान्सर समेत हुने भएकोले महिलाहरुलाइ सचेत गराउने उद्धेश्यका साथ समुदायमा आधारित कार्यक्रमको आयोजना गाउँपालिका तथा वडाबाट निशुल्क शिबिर भइरहेको बताउनु भएको छ। सरावल गाउँपालिका अन्तर्गतका हरेक नागरिकलाई स्वास्थ्य समस्या समाधन तथा निकारण गर्ने प्रयासमा हामी लागि परेकाे र हमेशा लागि पर्ने प्रतिद्वता ब्यक्त गर्नुभएको हाे।

शिबिरमा देवदह मेडिकल कलेज भलुहिकी महिला राेग तथा प्रसुति बिषेशज्ञ सरस्वती श्रेष्ठ , डा. कृष्ण चाैधरी ,डा.बिजय कुमार महताे लगाएतले स्त्रीरोग तथा पाठेघर परिक्षण गर्नुभएको थियाे ।

शिबिरमा नेपाल परिवार नियाेजन संघ नवलपरासीकि बरिस्ठ नर्स अन्जलि श्रेष्ठ ,अनिता थापा,साेनाेग्राफर यमकला मिश्र लगाएत अन्य स्वास्थ्यकर्मी तथा जिल्ला समन्वय समिति सदस्य अाशा चाैधरी,वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरी , सरावल गाउँपालिका स्तरीय महिला सन्जालकी अध्यक्ष मिना चाैधरी लगाएतकाे सहभागीतामा शिबिर सम्पन्न भएको हाे।

ग्रामिण क्षेत्रका महिलाहरु आफ्नो कार्यब्यस्तताले गर्दा अस्पताल जान सक्दैन तर पाठेघरमा देखिने समस्याहरुको सामान्य लक्षण बारे थाहा नहुने भएकोले पछि त्यसले जटिल समस्या निम्त्याउछ।महिलाहरुमा त्यो समस्या नआओस भनि महिलाहरुलाइ पाठेघर समस्या सम्बन्धी काउन्सेलिङ सहितको परिक्षण तथा स्वास्थ्य शिबिरको आयोजना गरिएको सन्जालकि अध्यक्ष अन्जनि चाैधरीले जानकारी दिनुभएको हाे।

शिबिरमा २०४ जनाकाे स्वास्थ्य परिक्षण गरियाे जसमा भिअाइए गर्दा १३ जना संकास्पद पाठेघर मुखकाे क्यान्सर पत्ता लागेको , भिडियो एक्सरेबाट केही महिलाहरुलाई पाठेघर सम्बन्धि समस्या र पत्थरी तथा पेट सम्बन्धि अन्य राेग परीक्षण परामर्श र स्वास्थ्य तथा पाठेघर समस्या देखिएका महिलाहरुलाइ औषधी समेत निशुल्क बितरण गरिएको तिलकपुर स्वास्थ्यचाैकी इन्चार्ज खेम नरायण खनालले जानकारी दिनुभएको छ।