भारतद्वारा ३ अरब क्षतिपुर्ति दिन अानाकानी, कार्यपत्र सहित

11
बिज्ञापन

साउन ३२ गते, नवलपरासी

गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले आज सनिवार बेलाटारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पीडित गण्डकवासीले वर्षेनी डुबान कटानको पीडामा रहेकोले आफुहरु आर्थिक रुपमा पछाडि पर्दै गरेको गुनासो गरे । नारायणी नदी तथा विभिन्न खोलानालाको चपेटामा पर्ने गरेकाले र पीडाबाट उन्मुक्ति पाउनुपर्ने पहल गरिदिन माग गरेको संघर्ष समिति नवलपरासीका प्रवक्ता वृजराज कुशवाहाले बताए ।

Advertisement


कार्यपत्र प्रस्तुत गर्दै प्रवक्ता कुशवाहाले भने विसं. २०१६ मंसीर १९ गतेका दिन नेपाल भारतबीच सम्पन्न भएको गण्डक सम्झौताका केही महत्वपुर्ण बूंदामा विभेद रहेकाले नेपाली जनता विगत ६० वर्षदेखि ठगिदै आएका छन् ।
भारतले पेश गरेको गण्डक सम्झौताको प्रस्ताव उपर विशेष अध्ययन नै नगरी नेपाल सरकारले हतारमा सम्झोता गरेको भन्दै यसले उत्पन्न गरेको समस्याबाट दीगो समाधान पाउनुपर्ने उठान गरे । गण्डकको नाम लिना साथ बाढी, डुबान, कटान, जलजमाव तथा अनेक प्रकारको समस्याको झल्को आउने गरेको बताए ।
मर्मत सम्भारको नाममा झिनामसिना काम गरेर भारतले गण्डकमा दुनो सोझ्याउने काम गरेको छ । ठेकेदार र सम्बद्ध भारतीय कर्मचारीको मिलेमतोमा व्यक्ति मोटाउने काम मात्र भएको छ । यसका लागि आम जनताको बल आवश्यक पर्नसक्ने आवश्यकता महशुस गरेका छौं भने । यसका समाधानका लागि गण्डक सम्झौताको पुनरावलोकन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम समितिका अध्यक्ष दुधनाथ गुप्ताको सभापतित्व तथा ५ नं. प्रदेशका सभा सदस्य माननिय अजय बहादुर शाहीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा प्रतापपुर गाउंपालिकाका वडाध्यक्ष कादिर अली अन्सारी, सुस्ता गाउंपालिकाका वडा अध्यक्ष अशोक कुमार गुरुगं, स्थानीयवासीन्दा चिरन्जीवी ढुंगाना, द्धारिका प्रसाद घिमिरे, पदमा भुषाल, दलसिंगार यादवले समितिले हकका लागि आन्दोलनमा जानुपर्ने र यसका लागि जनता साथमा रहेको प्रतिबद्धता जनाएका थिए ।