बर्षिकोत्सवका अबसरमा अन्न तथा फलफुल दान

4
बिज्ञापन

सदिक्षा गैरे
कावासोती ८ मंसिर २०७५
सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जले आफ्नो बार्षिकोत्सवका अबसरमा कावासोती पिठौंली स्थित लक्ष्मीनारायण बृद्धाश्रम र राधाकृष्ण मन्दिर पिठौलीमा रहेका बृद्धाबृद्धाहरुलाई अन्न तथा फलफुल वितरण गरेको छ ।

हरेक बार्षिकोत्सवका अबसरमा बिभिन्न सामाजिक कार्य गर्दे आईरहेको रेडियोले यस बर्ष बृद्धाश्रममा पुगेर अन्न तथा फुल वितरण गरेको हो ।

Advertisement

अन्न तथा फलफुल वितरण कार्यक्रममा बोल्दै रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज संचालक समितिका अध्यक्ष कुलप्रसाद भुषालले रेडियोको बार्षिकोत्सवका अबसरमा सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

उहाले रेडियोले समाज केन्द्रित बिभिन्न कार्यक्रमहरु गर्दे आईरहेको बताउनुहुदैं आगामी दिनमा पनि बिभिन्न समुदाय केन्द्रीत कार्यक्रमहरु संचालन गर्दे जाने बताउनुभयो ।

कार्यक्रममा लक्ष्मीनारायण मन्दिर बृद्धाश्रमका अध्यक्ष तिर्थशरण भण्डारीले रेडियोले बार्षिकोत्सवका अबसरमा गरेको सहयोगले आफुहरुलाई खुशी लागेको बताउनुभयो । उहाले मन्दिर तथा बृद्धाश्रमलाइ अन्य संघ संस्थाबाट यस्तै सहयोग भए आगामी दिनमा मन्दिरलाई अगाडी बढाउन सहज हुने बताउनुभयो ।

सोही कार्यक्रममा उपस्थित ८९ बर्षीय बृद्ध टिकाराम गौतमले रेडियोले गरेको सहयोगको प्रशंशा गर्नुभयो । उहाल यस्ता सहयोगले आफुहरुको जिवनयापन सहज भएको भनदैं धन्यवाद दिनुभयो ।

सो कार्यक्रममा सामुदायिक रेडियो मध्यविन्दु एफएमका उपाध्यक्ष जगन्नाथ पराजुली , महासचिव पुरुषोत्तम पोख्रेल ,सदस्य कर्नेल धन बहादुर मास्कीराना रेडियोमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

रेडियोका उपाध्यक्ष जगन्नाथ पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा मन्दिरका सचिव दिपक सोती ले सहयोग गरेकोमा रेडियो परिवारलाई धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको संचालन रेडियो मध्यविन्दुका स्टेशन म्यानेजर आषिष रेग्मीले गर्नुभएको थियो ।

बि.स. २०६५ सालमा स्थापित सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज आजबाट १० औं बर्ष पुरा गरि ११ औं बर्षमा प्रवेश गरेको हो ।