पाल्हिनन्दनमा परियोजनाबारे छलफल कार्यक्रम सम्पन्न

22
बिज्ञापन

उमेश बि.क / नवलपरासी, २६ भदौ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा परियोजनाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयाेगमा एवम् पाल्हिनन्दन गाउँपालिकाकाे समन्वयमा परियोजनाबारे पालिका स्तरीय समन्वय बैठक तथा छलफल भएको हाे ।

परियोजना छलफल अन्तर्गत सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहकार्यमा पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ र ६ मा सन्चालित लैंगिक समानता परियाेजना,काेभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम तथा प्राण परियाेजना अन्तर्गत सन्चालन हुने क्रियाकलाप बारे छलफल भएको हाे।

परियोजनाबारे छलफल कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले काेराेना भाइरस काेभिड १९ काे याे विषम परिस्थितिमा काेभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम धेरै राम्रो रहेकाे बताउनु भएको हाे । परियाेजनाकाे हरेक क्रियाकलाप सन्चालन गर्दा गाउँपालिकासंग समन्वय सहकार्य गरेर अगाडि बढ्न अाग्रह गर्दै समुदायमा सहयाेग गर्ने हरेक सामाग्री लक्षित बर्गले पाअाेस भन्दै कार्यक्रम अगाडि बढाउन गाउँपालिकाबाट चाहिने हरेक सहयोग साथ हमेशा दिइरहने प्रतिब्बधता ब्यक्त गर्नुभएको हाे।

कार्यक्रम बारे प्रस्तुतिकरण परियाेजना संयाेजक राधा सापकोटाले गर्नुभएको थियाे भने कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेस कहार,शिक्षा शाखा प्रमुख अशोक ठाकुर,स्वास्थ्य शाखा प्रमुख धर्मजित दास पटेल,शिक्षक जित बहादुर चाैधरी ,सहजकर्ता अशोककुमार गुप्ता ,शक्ति कुमार काैशल लगाएतकाे सहभागीता रहेको थियाे।