पश्चिम नवलपरासीको सुस्तामा विद्यार्थी भर्ना अभियान

13
बिज्ञापन
सहबान अन्सारी, २ बैशाख
नवलपरासीको सुस्ता स्थित शहिद बिष्णु पाण्डे स्मृति आधारभूत बिद्यालयले सोमबारदेखि भर्ना अभियान सुरु गरेको छ ।
बैशाख १५ गतेसम्म चल्ने बिद्यार्थी भर्ना अभियानका क्रममा वढि भन्दा वढि बिद्यार्थीहरुलाई भर्ना गराउने गरी अभियान संञ्चालन गरिएको प्रधानाध्यापक दिलानाथ यादवले जानकारी दिनु भयो । अभियान अन्तर्गत सोमबार सरस्वती संबाद केन्द्रमा ८५ जना बालबालिकाहको सहभागितामा भर्ना अभियान वारे जानकारी दिईएको थियो ।
सो कार्यक्रममा वडा सदस्य लालिता देवि हरीजन, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज कुमार कोहारको सहभागिता रहेको थियो । सो बिद्यालयले बिद्यालय जाने उमेर भएका बालबालीकाहरु र उनिहरुका अभिभावकहरुलाई पढ्न प्रेरीत गर्दै बिद्यालयमा भर्ना हुन आवहान गरेको छ ।
बिद्यालयले साबिक सुस्ता गाबिसको वडा नम्बर १ देखि ३ सम्म सो अभियान सञ्चालन गर्ने एबिसि नेपालकी फिल्ड सुपरवाईजर शाईदा निशा पठानले जानकारी दिनुभयो ।
Advertisement