नेपाल बिद्यार्थी संघ गठन

40
बिज्ञापन

उमेश वि.क / सरावल ,७ असाेज

नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका ४ मा अवस्थित महाकवि देवकोटा क्याम्पस सुनवलमा अाज क्याम्पस इकाई नेपाल बिद्यार्थी संघ गठन गरिएको छ । शैक्षीक क्षेत्रको परीवर्तन र बिकाशको लागि बिद्यार्थीहरुले क्याम्पस इकाई नेपाल बिद्यार्थी संघ गठन गरेका छन् । देवकोटा क्याम्पस सुनवलका बिद्यार्थीहरूको भेलाले क्याम्पस इकाई उपाध्यक्ष मनाेज कण्डेलकाे अध्यक्षता तथा नेपाली कांग्रेस सुनवल नगरपालिका उपसभापति यम बहादुर सापकोटाकाे प्रमुख अातिथ्यतामा १९ सदस्यीय समिति गठन गरिएको हो । समितिको अध्यक्षमा बबिता बस्याल उपाध्यक्षमा अनिल जिसि , पबित्रा पाैडेल, सचिवमा बिनाेद चापागाईं,निशा कुवर सहसचिवमा बिमला कुवर, कोषाध्यक्षमा ज्याेति न्याैपाने रहेकी छिन् । समितिको सदस्यहरुमा सराेज कुवर,गणेश खरेल ,सुस्मिता शर्मा ,सन्ताेष चापागाईं लगाएत रहेका छन् ।

Advertisement

त्यस्तै गरि बर्दघाट नगरपालिका ६ मा अवस्थित दाउन्ने देबि बहुमुखी क्याम्पसमा पनि क्याम्पस इकाई नेपाल बिद्यार्थी संघ गठन गरिएको छ।
दाउन्ने देबि बहुमुखी क्याम्पस बर्दघाटका बिद्यार्थीहरूको भेलाले करन चापागाईंकाे अध्यक्षता तथा नेपाली कांग्रेस बर्दघाट नगरपालिका उपसभापति ईन्द्र सापकोटाकाे प्रमुख अातिथ्यतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा राजिन्द्र हमाल ठकुरी , सचिवमा सुनिता चाैधरी, सहसचिवमा कमला चाैधरी, गणेश पाैडेल ,कोषाध्यक्षमा मधुसूदन तिवारी रहेका छन । समितिको सदस्यहरुमा पुष्पा भुर्तेल ,चन्दा बाग्ले ,सुशीला भट्टराई लगाएत रहेका छन ।

कार्यक्रममा नेपाली कांग्रेस बर्दघाट नगरपालिका उपसभापति ईन्द्र सापकोटा,नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला अध्यक्ष राजन भण्डारी,ने.बि. संघ जिल्ला उपाध्यक्ष अबिनाश बिष्ट ,सन्देश बस्याल र दिब्य ज्याेति बहुमुखी क्याम्पस चिसापानीकी सभापति कमला बस्याल लगाएतले नवगठित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।