नेपाली काङ्ग्रेस पार्टीको घरदैलो कार्यक्रम

7
बिज्ञापन

श्याम थापा
सुस्ता ८ मंसिर
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँठाउँमा घरदैलो  कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिमका निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवकरण प्रसाद कलवार र निर्वाचन क्षेत्र न.१ ख का प्रदेश सभा सदस्यका उम्मेदवार मुकुल कुमार आचार्यले सुस्ता गाउँपालिकाको वार्ड न ४ नर्सहीको गोकुलनगर र प्रतापपुर गाउँपालिकाको वार्ड न २ अन्तर्गत उच्मि टोल, शान्ति टोल,भिठ्ठा, प्रसौनी गरि विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

Advertisement

भने आज भएको घरदैलो कार्यक्रमको अवसरमा सुस्ता गाउँपालिका वार्ड न ४ अन्तर्गत गोकुलनगरमा राष्ट्रिय जनता पार्टी परित्याग गरि ५० जनाले नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छ्न । सो घरदैलो कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मुकुल कुमार आचार्यले सुख र दुखमा साथ दिने पार्टी भनेको नेपाली काङ्ग्रेस पार्टी मात्र रहेको बताउनु भयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम पुर्व सांसद देवकरण प्रसाद कलवारले देशमा लोकतन्त्र बचाउनको लागि नेपाली काङ्ग्रेस पार्टीले नेतृत्व गरिरहेको र यो देशमा लोकतन्त्र बचाउने हो भने नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुलाई अत्याधिक मत दिई बिजयी गराउनको लागि मतदाताहरुसंग आग्रह गर्नु भयो।