नि:शुल्क स्वास्थ्य शिबिर तथा सचेतना शिबिर नवलपुरमा सम्पन्न।

4
बिज्ञापन

सदिक्षा गैरे ( कावासोती)

नवलपुरको देवचुलीनगरपालिका वडा नं १५ जनज्योति माध्यमिक विध्यालय प्रगतिनगरमा नि:शुल्क स्वास्थ्य तथा सचेतना शिबिर सम्पन्न भएको छ ।
नव प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा पुरानो मेडिकल कलेजको सहयोगमा उक्त शिबिर सम्पन्न भएको हो ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर दराज मा गएर यस्ता सेवामूलक तथा सचेतता मुलक कार्यक्रम हरु सन्चालन गरिएको र भबिस्यमा पनि यस्ता विभिन्न क्रियाकलाप पुरानो मेडिकल कलेज ले गर्नेछ। नेपाल सरकार स्वास्थ्य बीमा, कडा रोग, निसुल्क प्रसुती तथा पाठेघरको शल्यक्रिया, निशुल्क हेमोडायलाइसिस आदि सरकारले बिपन्न बर्गलाइ लक्षित गरि सन्चालन गरेका कार्यक्रम हरु प्रभाबकारी रुपमा कार्यान्वयन गर्न गराउन यस्ता स्वास्थ्य तथा सचेतना शिबिर सन्चालनमा पुरानो मेडिकल कलेजले निरन्तरता दिने जन सम्पर्क तथा बाजार बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताऊनु भयो । साथै शिबिरमा आऊने गम्भिर बिरामीहरुलाई थप उपचारको लागी पुरानो मेडिकल कलेजले २०% छुट दिईने न्योपानेले बताए ।
उक्त शिबिरमा करिब ४ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएको सहकारीका सचिव कुश्माखर काफ्लेले जानकारी दिनु भयो ।
उक्त शिबिरमानाक कान घाटी रोग विशेषज्ञ डा सबिना राई, छाला, यौन तथा कुस्ठ रोग विशेषज्ञ डा निशा के सि , दन्त रोग विशेषज्ञ डा प्रतीक सापकोटा , डा करिस्मा गुरागाइ, जनरल फिजिसियन डा प्रमोद भुसाल,डा तेज बहादुर के सी, डा लक्ष्मी नारायन कामत, नेत्र रोग बिसेसज्ञ डा चन्दन महतो, मनोरोग बिसेसज्ञ डा बिनोद पौडेल , हाड जोर्नी तथा नशा रोग बिसेसज्ञ डा बिजय गुप्ता, डा सुरज सिंह, डा सन्जय सोनकर , स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डा पूनम आचार्य, डा निकिता अग्रवाल लगायतहरु स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

Advertisement