नारायणी नदिबाट गिट्टी बालुवा र ढुंगाकाे अवैध निकासी, प्रशासन मौन

205

श्याम थापा, सुस्ता १७ पुस  ।

नवलपरासीकाे कुडिया, नरसही र पकलिहवा स्थित नारायणी नदिबाट गिट्टी, बालुवा र ढुंगाकाे अवैध निकासी भैरहेको छ तर प्रहरी प्रशासन मौन रहेको छ ।

Advertisement

पक्लिहवामा रहेको ठोक्कर न.२, ३, ४  र ५ अगाडि नारायणी नदिबाट प्रहरी चौकी रामनगरका इन्चार्ज राम सेवक यादवको मिलोमतोमा गिट्टीबालुवा र ढुंगा निकासी भैरहेको स्थानीयहरुकाे अाराेप छ ।

नारायणी नदिबाट यस्तो अवैध कार्य भैरहेको भन्दै पटक पटक प्रहरी प्रशासनलाई खबर गर्दा पनि कानमा तेल हाली मुखदर्शक बनेको भन्दै पक्लिहवाबासीले आरोप पनि लगाएका छन । नारायणी नदिबाट सांझ र दिउँसो गरि दैनिक रूपमा ८० देखि १०० टाली गिट्टी, बालुवा र ढुंगा निकासी गरि स्थानीय दलालहरुले सुस्ता गाउँपालिकाका अन्य वडाहरु मात्र नभई नजिकको भारतसम्म लगि बिक्री गरिरहेको स्थानीयबासीहरुले बताएका छन ।

स्थानीयहरुलाई आफ्नो गाउँ घरको घरायसी कार्यको लागि नारायणी नदिबाट गिट्टी बालुवा र ढुंगा निकालेर ल्याउने बखतमा प्रहरीहरु आएर पक्रने गरेको र सोही कार्य स्थानीय दलालहरुले गर्दा प्रती टाली २ सयका दरले रामनगर प्रहरी चौकीका ईन्चार्ज राम सेवक यादवले पैसा खाई ट्याक्टर टाली छोड्ने गरेको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन ।

नारायणी नदिबाट अवैध रुपमा निकासी भएको गिट्टी बालुवा र ढुंगाको कारणले गर्दा पक्लिहवाका स्थानीयबासीहरुको खेतीयोग्य जग्गाहरु कटान भै क्षति हुने र गण्डक कमाण्ड  क्षेत्रका  साबिकका गा.बि.स हरु पक्लिहवा, नर्सही, गुठिप्रसौनी, गुठिसुर्यपुरा, त्रिबेणीसुस्ता, रुपौलिया, बैदौली, खैरट्वा, सोमनी, भुजहवा लगायतका १३ वटा साबिक गा.बि.सहरु जाेखिममा रहेको गण्डक नदि नियन्त्रण सघर्ष समिति नवलपरासीका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो ।

बढदाे अवैध निकासीका बढदै गरेकाे जाेखिमबाट त्रसित बनेका पक्लिहवाका स्थानीयबासिहरुले नारायणी नदिबाट निकासी भैरहेको गिट्टी बालुवा र ढुंगालाई रोक लगाउनको लागि सुस्ता गाउँपालिकाका प्रमुख राम प्रसाद पाण्डेलाई आग्रह गरेका छन ।

सो नारायणी नदिबाट भइरहेको गिट्टी बालुवा र ढुङ्गा चोरी कार्यलाई तत्काल रोक नलगाए प्रहरी प्रशासनको कडा  बिरोधमा उत्रने पक्लिहवाबासीहरुले चेतावनी दिएका छन ।