नवलपरासीमा छठ पर्वको रौनक, घर-घरमा बिषेश तयारी

140
बिज्ञापन

सहबान अन्सारी, २५ कार्तिक ।

नवलपरासीको दक्षिणी भेगमा छठ पर्वको लोक प्रियता बढदै गएको छ ।

Advertisement

तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ।

आस्था र निष्ठाको पर्व छठको आज पहिलो दिन नवलपरासी जिल्लाको विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी र त्रिबेणी लगायतका स्थानमा बिषेश तयारी गरिएको छ ।

यो पर्व कार्तिक शुक्ल पक्ष तृतियाको दिन देखी शुरु हुन्छ । मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदि, नाला, पोखरी ताल तलैयाको बिषेश रुपमा सजावट गरी ब््तालुहरु अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्दछन ।
यो पर्व हरेक साल कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाउने गरिन्छ ।
धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम, जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ ।
छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिन्छ ।
जिल्ला भरिका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेको पाईन्छ ।
यो अवसरमा पुजाको लागी घर- घरमा बिशेष तयारी समेत गरिएको छ ।