नवलपरासीको नरसहिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

3

सहबान अन्सारी, २३ माघ

नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नरसहिमा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविर शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता र नवलपरासी केरा उत्पादक संघको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

चिसो मौसममा बिरामीहरुको चाप बढदै गएपछि स्थानियहरुको समस्या भएको हुदाँ शिविर संचालन गरी बिभिन्न किसिमको बिरामीहरुलाई चेकजाच गरि औषधी बितरण गरिएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले जानकारी दिनु भयो।

शिविरमा शहिद स्मृति सामुदायिक अस्पतालबाट करिब १८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको र सो वडाबाट ३५५ जना मानिसहरुकाे परिक्षण गरि औषधी बितरण गरिएको सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्योपानेले बताऊनुभयो।

कार्यक्रममा सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डे, अशोक गुरुङ्ग, लक्ष्मी खरेल र डिवी थापा लगाय़तकाहरुको सहभागिता रहेको थियो ।