नवलपरासीको दाऊन्ने क्षेत्रमा लगाईएको अधिकांश कन्टेक्ट मिरर क्षति ग्रस्त।

7
बिज्ञापन

सहबान अन्सारी असाढ १० ।
नवलपरासीको बर्दघाट सुस्ता पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने क्षेत्रमा जडान गरिको अधिकाशं कन्टेक्ट मिरर (एेना) क्षति ग्रस्त भएको छ ।
करिब डेढ बर्ष पहिला दुर्घटना न्युनिकरणको लागी तिब्र गति जिवनको क्षति भन्ने मुल उद्देश्यको साथ मध्य नेपाल यातायात ब्यवसाय समिति,पश्चिम नेपाल बस ब्यवशायी संघ, सिदार्थ यातायात, र लेक बेशी यातायातको सहयोगमा घुमाउरो बाटोमा बाटो देख्ने गरि कन्टेक्ट मिरर(ऐना) जडान गरिएको थियो।
तर उचित संरक्षण र सम्बर्धन बिना अहिले लगभग दर्जनौ मिरर (एेना) पुर्णरुपमा क्षति हुन पुगेको छ।
दुर्घटना सभांवित क्षेत्र भएको हुदाँ सवारी चालकहरुलाई सहज र सुलभ बनाऊनका लागी तथा दुर्घटना नियन्त्रणका लागी मिरर जडान गरिएको मध्य नेपाल यातायात ब्यवसाय समितिका अध्यक्ष ऋिषिराम पौडेलले बताऊनु भयो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यलयलाई रेख देखको जिम्मा लगाईएपनि उचित संरक्षण नभएको हुदाँ सवारी चालकहरुलाई दिनहुँ जोखीमपुर्ण यात्रा गर्न बाध्य भए पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । दाऊन्ने डाँडा देखी पश्चिम बर्दघाट बाजारसम्म करिब १२ किलोमिटरको राजमार्ग उच्च दुर्घटना ग्रस्त क्षेत्र मानिन्छ ।

Advertisement