दिसा पिशाब गर्न विद्यार्थी खेतमा, शिक्षक चर्पीमा

31
सहबान अन्सारी, नवलपरासी
विद्यालयमा साैंचालय छ, तर विद्यार्थीहरू साैंच गर्नका लागि साैंचालय भन्दा बाहिर अर्थात खेतमा जाने गर्छन् ।करिब १ सय ५० छात्रछात्रा अध्यनरत रहेको यस विद्यालयमा ३ वटा शौचालयहरू छन् । जसमध्ये २ वटा शौचालयको भाैतिक अवस्था जिर्ण रहेको छ । विद्यालय व्यवस्थापन समितिले यसलाइ मर्मतगरी सुचारू गराउने अावश्यकता पनि महशुस गरेकाे छैन ।
जिल्लाकाे सीमावर्ती गाउंमा विगत लामाे समयदेखि सञ्चालनमा रहेकाे जनता प्राथमिक विद्यालय धरमाैली हाल प्रतापपुर गाउंपालिका वडा नं ५ पनि खुल्ला दिशामुक्त घाेषित छ । स्थानीय बिशाल कुशवाहा भन्छन् प्रयोगमा रहेको एक मात्र शौचालय पनि शिक्षकहरुले मात्र प्रयोग गर्नेर बाकी समय बन्द गरि दिने गरिएछ ।
विद्यालयमा रहेकाे अन्य दुइटा साैंचालय सुचारू अवस्थामा नै छैन । जेनतेन गरि बनाइएकाे साैंचालय टिकाउ हुन सकेनन् । टिनकाे छानाे भत्किएकाे छ । निर्माण सम्पन्न गरिएकै बखत साैंचालयमा पानीकाे व्यवस्था गरिएन । जसले दिसापिशाब गर्न जानेलाइ सुविधा भएन ।
बाहिरबाट पानी बाेकेर लैजानुपर्ने बाध्यता सहजै स्विकार्य पनि भएन । पानी बाेक्न लाज मान्नेहरूले खुल्ला साैंच जान सहज माने र धेरै विद्यार्थीहरू साैंच गर्न खेतमैजान थाले । साैंच गर्नका लागि साैंचालयमा जानुभन्दा खुल्ला स्थानमा जाने कार्य उहिले देखि अहिलेसम्म राेकिएकाे छैन । विद्यालय व्यवस्थापन समितिलाइ पनि केहि बिग्रेकाे जस्ताे लागेकाे छैन । स्थानीय सुख्खु मुसहर भन्छन्, विद्यार्थीहरू साैंचालयकाे प्रयाेग गर्दैनन् ।
विद्यालयको यस अवस्थाबारे प्रधानाध्यापकसित जानकारी लिन खाेज्दा फाेनमा जवाफ दिन मान्नु भएन र माेबाइल सविच अफ गर्नु भयाे। यसरी विद्यालय प्रशासनको लापारवाहीकाे असर अन्य क्षेत्रमा पनि पर्न थालेकाे छ । विद्यार्थी संख्या घटन थालेकाे छ । अध्ययनको लागी बाहिर जान परेको स्थानियहरुले गुनासो गरेका छन । साथै बिध्यालयमा खानेपानी समेतकाे चुनौती छ ।
Advertisement