छठकाे अवसरमा सरसफाई कार्यक्रम

6
बिज्ञापन

संजय कुशवाहा / नवलपरासी कार्तिक २६

पश्चिम नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ पक्लिहवामा वृहत् सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ ।
उज्जवल संवाद केन्द्र र भविष्य संवाद केन्द्रको आयोजना तथा सुस्ता गाऊपालिकाको कार्यालय, र ए.बि.सी नेपालको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा भविष्य संवाद केन्द्रका अध्यक्ष मनसरी दर्लामी मगरको अध्यक्षता तथा सुस्ता गाऊपालिका वडा न. ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक माधव पण्डित,रामनगर प्रहरी चौकीका ईन्चार्ज मिल बहादुर विक,नरेन्द्र चौधरी, ओम प्रकाश जयसवाल,श्रीनेवास चौधरी,संदिप चौधरी,पुजा हरिजन,संजीत शर्मा लगायत गाउका करिब ३ सय जना मानिसको सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रम बलिनगर गाउबाट सुरु भई बेलवानी गाउ सम्म सरसफाई गरिएको थियो ।

साथै गाऊको मुख्य चोकहरुमा करिब १६ बटा डस्बिन राखी उक्त डस्बिनमा फोहोर फाल्ने आग्रह समेत गरिएको थियो ।