गाउँपालिका स्तरिय पुस्तकालय उदघाटन तथा शैैैैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न

26
बिज्ञापन

उमेश वि.क, नवलपरासी, ७ साउन ।

सरावलमा अाज गाउँपालिका स्तरिय पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

गाउँपालिका स्तरीय पुस्तकालय ब्यवस्थापन समिति अध्यक्ष उमेश बि.क.काे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् गाउँपालिका उपप्रमुख उतमा रायकाे बिशेष अातिथ्यतामा गाउँपालिका स्तरीय पुस्तकालय उदघाटन तथा शाैक्षिक समाग्री बितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले किशोरीहरुले गरेको काम अत्यन्तै राम्रो भएको भन्दै अाजकाे युगमा शिक्षा बिना कुनै पनि काम गर्न असहज हुने भएकोले शिक्षालाई अनुसरण गर्नु पर्ने आवश्यक रहेको बताऊनु भयो। साथै शिक्षा अथाह शक्ति हो जुन कहिले समाप्त हुदैन । साथै शिक्षा प्रती गाऊपालिकाले बिषेश जोड दिदै गाउँपालिका अन्तर्गत पर्ने सम्पुर्ण बिद्यालयहरुमा पठन पाठन गरिएका गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई करिब १ हजारको दरले १ हजार बिध्यार्थीहरुलाई ड्रेस लागी ब्यवस्था गरिसकेको कुराको जिकिर गर्नु भएको थियो।
कार्यक्रममा गाउँपालिका उपप्रमुख उत्तमा राय, वडा नं.३ वडा अध्यक्ष अणेन्द्रनाथ राय, महेन्द्र मा.बि प्र.अ.धनिराम बि.क., समाजसेवी हरिलाल यादव, संजय कुश्वाहा, ममता बिक., दुर्गा बि.क लगायत बोल्नु भएको थियो ।

कार्यक्रममा २६ जना गरिब बिपन्न परिवारको बाल बालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरिएको थियाे ।