खानेपानी संचालनमा ढिलाई, स्थानियहरु दुषित पानी खान बाध्य

11
सहबान अन्सारी, ३० भाद्र, नवलपरासी
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ स्थित बैदौलीमा खानेपानी संचालनमा नआएपछि स्थानियहरू दुषित पानी खान बाध्य भएका छन ।
खानेपानीको भौतिक संरचना कार्य करिब २ बर्ष पहिला सम्पन्न भएपनि खानेपानीकाे सञ्चालन भने अन्योलमा परेको छ । करिब १५ हजार लिटर क्षमता भएको सो खानेपानीको बितरण बैदाैलीकाे साविक वडा नं २ र ३ का करिव २५० घरधुरीमा गरिने भएपनि हालसम्म ह्युमपाईप बिछ्याउने काम मात्र पुरा भएको छ ।
लक्षित वडाका स्थानियबासिन्दाहरुले करिब ८० देखी ९० प्रतिशत आर्सेनिक मिश्रित पानी खान बाध्य भएको पुर्व वडाध्यक्ष रामप्रीत यादवले बताऊनु भयो । जिल्ला खानेपानी कार्यालय र सम्बन्धित निकायले कुनै चासो नदेखाएको हुदाँ साे खानेपानी अायाेजना दिनहुँ अलपत्र पर्दै गएको यादवकाे गुनासाे छ ।
सो गाऊमा आर्सेनिकको मात्रा बढी देखिएपछि खानेपानी निर्माण गरिएपनि संचालनमा आऊन ढिलाई भएको हुदाँ स्थानियहरुले महगो पैसा तिरेर पानी खाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका मानिसहरुले चापाकलको पानी प्रयोग गरेपछि स्वास्थ्यमा नराम्रो असर पर्दै गएको स्थानियहरुले गुनासो गरेका छन ।
भौतिक संरचना दिनहुँ जिर्ण अवस्था पुग्दै गएपछि सम्बन्धित निकायको लागी चुनौती समेत बन्दै गएको देखिन्छ ।
Advertisement