काङ्ग्रेसको शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम

7
बिज्ञापन

संजय कुश्वाहा ,उमेश बि.क /नवलपरासी , ८ मंसिर

नवलपरासीको प्रतापपुर गाउँपालिका ५ नेपाली कांग्रेस गाउँ इकाईले क्रिसमश तथा ल्हाेसारकाे अवसरमा शुभकामना अादान-प्रदान तथा चियापान कार्यक्रम प्रतापपुर गाउँपालिका ५ बैदाैलिमा अाज सम्पन्न गरेको छ ।

Advertisement

प्रतापपुर गाउँपालिका वडा नं ५ नेपाली कांग्रेस गाउँ इकाई समिति बैदाैलिकाे अायाेजनामा आयोजित सो कार्यक्रम जगरनाथ धोबीकाे अध्यक्षता तथा पुर्व सांसद देवकरण कलवार ( सन्तु)काे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेसकाे पुर्व सांसद कलवारले नेपाली काग्रेसको कार्यकर्ताहरुलाई एकजुट भई अगाडी बढन आग्रह गर्नु भयो । संगठन बलियाे हुन जरुरी छ। पार्टीलाई सक्रिय र मजबुत बनाउन अाफुले लागि परेकाे र सबै नेता तथा कार्यकर्तालाई पनि लाग्न निर्देशन दिनुभएकाे छ। नेपाली काङ्ग्रेस पार्टी तथा कार्यकर्तालाई कसैबाट अाच अाउने कामलाई अाफु सहेर बस्न नसकिने बताउनु भयाे ।

कार्यक्रममा पुर्ब सांसद बिक्रम खनाल, ने.का जिल्ला सचिव विक्रम यादव, प्रतापपुर गाउँपालिका उपप्रमुख अन्जु चौधरी, युवा नेता उमेश चन्द्र यादव, मुकुल अचार्य, वडा न.५ का वडा अध्यक्ष राम हरि उपाध्याय, वडा न. ७ का अध्यक्ष हरेन्दर यादवले शुभकामना मन्तब्य राख्नु भएको थियो ।