ऊखु किसानद्वारा चिनी मिलमा धर्ना

106
बिज्ञापन

सहबान अन्सारी

फागुन २७ । करिब ८० प्रतिशत ऊखु क्रसिंग गरि सिजन सकिन लाग्दा भुक्तानी नदिएका कारण अाक्राेसित उखु किसानहरू नवलपरासीको ईन्दिरा सुगर मिल अगाडी धर्ना बसेका छन् ।

Advertisement

क्रसिंग समय सकिन लाग्दा मिलले भुक्तानी गर्न आलटाल गरेको र बिचौलियाहरुलाई मात्र भुक्तानी गरेको कृषक युवराज मौर्याले जानकारी दिनुभयो ।

लगातारकाे लामाे प्रयासका बावजुद पनि समयमा भुक्तानी नपाऊदाँ ऊखु किसानहरु बाध्य भइ धर्ना बसेकाे बताएका छन् ।

मिलले यो बर्ष अहिलेसम्म करिब पाँच लाख क्विन्टल क्रसिंग गरिसकेको हुदाँ पनि हालसम्म जम्मा करिब ७ करोडको भुक्तानी मात्र गरेको मौर्याले बताए ।

करिब दुई हप्ता पहिला शिघ्र भुक्तानीको माग गर्दै ऊखु किसानहरुले मिलको मुख्य गेट र चिनी गोदाममा तालाबन्दी समेत गरे पनि मिलले कुनै चासो नदेखाएको किसानहरुले आरोप समेत लगाएका छन ।

जिल्लामा कुल तिन वटा मिल रहेको हुदाँ र यो बर्ष लुम्बिनी चिनी उधोग बन्द भएपछि ईन्दिरा सुगर मिल गंगापुर र बागमती खाडसारी उधोग कुडीया मात्र संचालनमा रहेका छन ।

चिनी मिलकाे मूल गेटमा टेन्ट टांगेर इन्द्रजित यादव, मन्त्रिका केवट, उत्रीचन्द हरिजन र प्रदीप सिंह लगायतका किसानहरूकाे अगुवाइमा दर्जनाैं किसान धर्नामा बसेकाे इप्रका बेलाटारीले जनाएकाे छ ।

धर्नाका कारण चिनी मिलकबाे मुल गेटकाे अावतजावत बन्द हुन पुगेकाे छ । जसले मिलले चिनीकाे ट्रक निकासी गर्न पाएकाे छैन । चिनी लाेड गरिएकाे ट्रक मिलभित्र थुनिएकाे छ ।

मुलगेटमा तालाबन्दी गरि गेट अगाडी नै धर्ना किसान धर्ना बसेकाे घटना मिल मालिक राकेश अग्रवाललाइ जानकारी गराइ भुक्तानिकाे लागि गरिएकाे अनुराेधमा मिल मालिकले बेवास्ता जनाएकाे किसानहरूले बताएका छन् ।