रामग्राम स्तुप विकासका लागि अान्दाेलन

7
बिज्ञापन

न्युज डेस्क, नवलपरासी, असोज २ गते ।

नवलपरासीकाे परासी नजिक रहेकाे रामग्राम स्तुप उजैनीको सर्वाङ्गिण विकासमा लुम्बिनि विकास कोषले चाँसो नदेखाएका कारण रामग्राम विकास कोषको स्थापना गर्न आवश्यक रहेको ठहर गर्दै स्थानीय स्तरमा पहल थालिएकाे वर्षाैं भैसक्दा पनि कुनै प्रगति नहुदा स्थानीय अान्दाेलित भएका छन् ।

Advertisement

सरकारले लुम्बिनि विकास कोष मार्फत यस स्तुपको विकासका लागि आवश्यक बजेट विनियोजन गरेपनि कोषले स्तुपको विकासमा कार्यान्यवनमा नल्याएका कारण स्तुपको संरक्षण तथा प्रवर्धन हुन नसकेकाे रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले बताउनुभयो ।

रामग्राम विकास कोषको मांग गर्दै आन्दोलन घोषणा गरिएकाे छ । आन्दोलनका कार्यक्रम अन्तर्गत असोज ९ गते परासीमा सर्वपक्षिय भेला, १८ गते हस्ताक्षर अभियान, २४ गते र्याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईने र असोज ३१ गतेबाट लुम्बिनि विकास कोषका पदाधिकारी एंव कर्मचारीलाई स्तुप क्षेत्रमा प्रवेश निषेध गरिने पत्रकार सम्मेलन गरि जनाइएकाे छ ।

त्यस्तै कार्तिक ७ गते परासीमा चक्काजाम, १४ गते प्रधानमन्त्री एंव विभागीय मन्त्रीलाई डेलिगेसन एंव ज्ञापन पत्र र कार्तिक २३ गतेबाट रामग्राम स्तुपमा अध्यक्ष उपाध्यायले आमरण अनशन बस्ने जनाइएकाे छ ।

जारी गरिएकाे प्रेस विज्ञप्ति