काठमाण्डाैं, फागुन ३ ।

एमालेका अध्यक्ष केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज नै पद तथा गोपनियाताको शपथ ग्रहण गरेका छन् । बुधबार साँझ निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभातर्फको अन्तिम परिणाम बुझाएका थिए ।

सो परिणाम बुझाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका थिए । आजै वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा ओली एमाले संसदीय दलको नेतामा सर्वसम्मत नियुक्त भए । उनी संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा चयन भएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रिपति, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक दलका शिर्ष नेता तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।

ओलीको विगत र वर्तमानः

२००८ फागुन ११ इवा २, तेह्रथुममा जन्म, माता–स्व. मधु ओलीस पिता– मोहनप्रसाद ओली ।

२०२० झापामा बसाई सराइ

२०२३ माक्र्सवादी अध्ययन दलमा संगठित

२०२५ पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा सलग्न

२०२६ माघ नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।

२०२७ जेठ ९ पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु ।

२०२७ फगुन १६ झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा ।

२०२८ झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित ।

२०३० असोज २३ राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ बर्ष गोलघर सहित १४ बर्ष जेल सजायँ ।

२०३५ पुस ११ जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी)को संस्थापक नेताको हैसियत प्राप्त ।

२०४४ असार ११ जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (मा–ले)को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन ।

२०४६ तत्कालिन नेकपा (माले)को लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी बहन ।

२०४७ जेठ १ पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष ।

२०४७ पुस २२ नेकपा (मा–ले) र नेकपा (माक्र्रसवादी)बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य ।

२०४८ बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित

२०५० केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोेलिटव्युरो सदस्य निर्वा्चित

२०५१ मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वा्चित । मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रीय सरकारको गृहमन्त्री नियुक्त।

२०५१ पार्टी संसदीय विभागको प्रमुख

२०५४ माघ पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान ।

२०५६ झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित

२०५६–२०५९ संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता

२०५९ माघ पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित ।

२०६३ गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनस्र्थास्पित संसदद्वारा उपप्रधान मन्त्री तथा विदेश मन्त्री नियुक्त ।

२०६४ पहिलो संविधानसभाको निर्वाचनमा पराजित

२०६५/६६ केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख

२०६५ पागुन आठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वा्चित ।

२०७० मंसीर झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित

२०७० माघ २१ तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविभनसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वा्चित ।

२०७१ साउन १ नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ट नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।

२०७२ असोज २४ व्यवस्थापिक संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते सपथ ग्रहण ।

२०७३ साउन ९ व्यवस्थापिका–संसदमा सम्बोधन, प्रधानमन्त्री पदबाट राजिनामा ।

२०७४ फागुन ३ दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त ।