१० दिन देखी हराएकी सुस्ताका एक बालिका मृत अवस्थामा फेला

श्याम थापा
सुस्ता २४ पुष
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ कि करिब १० दिन देखी हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

सुस्ता गाउँपालिका वार्ड न २ कुडिया स्थित हरिजन टोलकि मुन्नी हरिजनकी नातिनी अन्दाजी १५ बर्ष कि गिता हरिजन यहि पुष १५ गते देखि घरबाट हराएकी थिईन ।

गिता हरिजनको भारतीय गण्डक पश्चिमी नहरको सुरजपूरा बिधुत गृह नजिकै मृत अवस्थामा पानीमा तैरिरहेको अवस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनु भयो ।

भारतीय गण्डक पश्चिमी नहरको पानीमा मृत अवस्थामा तैरिरहेको गिता हरिजनको शवलाई इलाका प्रहरी कार्यालय बेलाटारीले हरिजनको परिवारलाई बोलाई सनाखत गरेको र हरिजनको शवलाई आवश्यक चेकजाँच गर्नका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले बताउनु भयो ।