संजय कुशवाहा, नवलपरासी माघ २८ ।

मदारबाबा मेला यस वर्ष माघ २२ गते देखि अारम्भ भएर फागुन १ गते सकिदैछ । मेला सधैंभरि यसरि शिवरात्रिको नौ दिन अघि हुरू भइ शिवरात्रीमा समापन हुने गर्छ ।

मेलामा भाकल पुरा हुने मान्यता छ । यसै अाशा र विश्वासका साथ ६ सय वर्ष पहिले अारम्भ भएकाे यस मेलाले यसवर्ष ६०१अाैं उर्ष मनाउदै छ । यहा हिन्दु र मुस्लिम समुदायका साथै अन्य धर्मावलम्बीहरू समेत अवलोकन र पुजापाट गर्न त्यस विकट पहाडमा पुग्ने गर्छन् ।

यसै कारण पनि मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ । विभिन्न किसिमका दु:ख लिएर आउने भक्तजनहरूले सु:ख, शान्ति, सन्तान प्राप्ति र विभिन्न किसिमका रोगहरू ठिक हुन्छ भने धार्मिक विश्वासले मजारमा पुजापाट गर्न गरेका छन् ।

सुस्ता गाउंपालिका वडा न.२ महलबारी गाउबाट ९ किलोमिटर पहाडको डाडा चढेर जानू पर्दछ । मदारबाबा मुस्लिम समुदायको भएपनि सबैले आस्थाका रूपमा लिने गरेका छन । मदारबाबाको पूरा नाम हजरत बदिउदिन कुतुबुल मदार शाह रहमतुल्ला अलैहे हो ।

मदारबाबा भारतमा रहदा उहाँ धेरै धार्मिक ठाउँमा तपस्या गर्नु भएको थियो । यहि क्रममा उहाँ नेपालको महलबारीमा दुई पटक सम्म ४०/४० दिन तपस्या गर्नु भएको थियो । विभिन्न धार्मिक ठाउँ पहाडहरूमा तपस्या गर्दै जीवन बिताउनु भएका थिए ।

मदारबाबाले तपस्या गरेको ठाउमा उहांका शिष्यहरूले पुजापाठ गर्ने गरेका छन । शिष्यहरूले बाबाको सम्झनामा भारतको लखनउ स्थित मकानपुर र महलबारीदेखि ९ किलोमिटर पहाडको डाडामा पनि बनाएका थिए । तर मकानपुर मजार धार्मिक स्थल ब्यवस्थित भएका कारण देश विदेशमा परिचित छ तर नेपालमा रहेकाे मदारबाबा स्थान भने उचित संरक्षण र प्रचारका कारण ओझेलमा परेको छ ।

मदारबाबाको मजारमा स्थानीय मेला आयोजक समिती र स्थानीयबासिहरू यसको प्रचार र संरक्षणमा जुटे पनि सरकारी निकायबाट भने पर्याप्त संरक्षण तथा प्रवर्धन हुन सकेको छैन । त्यस्तै नवलपरासी जिल्लाको सबभन्दा पुरानो र सबैभन्दा धेरै विदेशी भक्तजनको अवलोकन गर्ने स्थल भएपनी यसबारे सम्बन्धित समुदायकै अगुवाहरू बेखबर छन् ।

मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नु पर्ने हुन्छ तर त्यहा पुग्नका लागि ब्यवस्थित बाटो अथवा सिढिको ब्यवस्था छैन । दर्शनार्थीहरूका लागि बास बस्ने स्थान छैन, पिउन र स्नान गर्नका लागि पानीको अभाव छ ।त्यहा संकलन भएको रकम सदुपयोग हुन सके मात्र उक्त स्थानमा सुविधाजनक संरचना निर्माण गर्न सकिने छ । 

यति धेरै संख्यामा भारत, पाकिस्तान र बंगलादेशी पर्यटक भित्र्याउने यस स्थानकाे प्रचार प्रसार गरिनुका साथै अावश्यक सुविधा तथा साधनकाे व्यवस्था गरिनु अपरिहार्य देखिन्छ । केबुलकारकाे व्यवस्था गर्न सके वर्षैभरी पर्यटक तान्न सक्ने त्यस सुृन्दर तथा रमणिय स्थानलाइ पर्यटक स्थलकाे रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावनाले भरिएकाे यस स्थानकाे विकासमा स्थानीय सरकार, नेपाल सरकार र स्थानीयवासीकाे ध्यान पुग्न जरूरी छ ।