हिन्दु धर्मको संरक्षण आवश्यकः नेता कण्डेल

नवलपरासी , १० असोज ।

नेपाली कांग्रेसका नेता एवंम् पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले धार्मिक सहिष्णुता नेपालीको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको पाल्ही नन्दन गाउंपालिकामा निर्मित दशैमुर्तिको एक समारोह बिच अनावरण गर्दै नेता कण्डेलले यस्तो बिचार ब्यक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सो अवसरमा बिश्वमा एक मात्र हिन्दु राष्ट्र नेपालको धार्मिक संहिसुढताको जगेर्ना गर्नु आजको आवश्यका रहेको जिकिर गर्नुभयो । हरेक जाती र वर्णको बसोबास रहेको नेपालमा आम नेपालीको भावना अनुरुप हिन्दु धर्मको संरक्षण र प्रवर्धनमा हामी सबै लाग्नुपर्ने आवश्यक रहेको कण्डेलले बताउनुभयो ।