एउटै ठाउँ हिन्दुु र मुस्लिमले पुजा गर्ने संयुक्त स्थल मदार बाबा मेला शुरु

संजय कुशवाहा/ नवलपरासी फागुन १

नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) विनई त्रिवेणी गाऊपालिका वडा नं .६ प्रसैया अवस्थीत
मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ ।

सयौं वर्षदेखि निरन्तरता पाउदै मदारबाबा धार्मिक स्थल देश विदेशमा परिचित छ । यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०३अााैं जयन्ती पनि हो ।

सुुुुस्ताा गाउंं बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै कठिनाइ चढेर पुग्ने गर्दछन ।

मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गर्दछ।

बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ।
मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने मेला समितिका वरिष्ठ उपाध्यक्ष मोहम्द रफिकले बताउनु भएको छ।

मेलामा भक्तजनहरूलाई सरल, सुलभ र भब्य बनाउनको लागि मेलामा करिब ६० जना सुरक्षाकर्मी परिचालन गरिएको साथै करिब ७० जना स्वयंसेवक, ५ ठाउँमा निशुल्क स्वास्थ शिविर, सार्वजनिक शौचालय, खानेपानी लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारीले बताउनु भयो।

सो मेला स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ ।मेला शिवरात्रिमा सामापन हुने गरेको छ ।यश वर्ष फागुन १ गते देखि संचालन भएको मेला फागुन ९ गते सकिदै छ ।