नवलपरासी/उमेश बि.क, माघ २६ ।

बर्दघाट नगरपालिका १४ स्थित गंगा मा.बि गंगाबस्तिमा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएको छ ।

बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा गंगा ग्रिन बाल क्लबकि अध्यक्ष सुनिता सुबेदीकाे अध्यक्षता तथा गंगा मा.बि गंगाबस्तिकाे निमित प्र.अ श्रीकान्त गाैडकाे प्रमुख अातिथ्यतामा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै गंगा मा.बि गंगाबस्तिका निमित प्र.अ गाैडले बालबालिका भनेकाे देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र अभिभावकहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता अान्तरिक कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ भन्ने कुरामा जाेड दिनुभएको थियाे।

प्रतियोगितामा प्रथम मनिश बि.क, पुजन राना मगर, सिर्जना परियार द्धितिय अन्जलि चाैधरी, रबि सुवेदी, राेशन नेपाली र तृतीय सिमा भुषाल, बिष्णु न्याैपाने, अनिता तमाङ हुनुभएको छ । बिजेता हुनेलाई डायरी डटपेन र सामान्यज्ञान पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा गंगा मा.बि काे शिक्षक इन्द्र प्रसाद घिमिरे, भागिरथि सुवेदी, केशवराज शर्मा, पुष्पा शर्मा बिकल्पका स्वास्थ्य परिचालिका कमला फुल्देल, बिष्णु अधिकारी लगायतले बाेल्नुभएकाे थियो ।

साे हाजिरी जवाफ प्रतियाेगितामा गंगा मा.बि गंगाबस्तिका कक्षा ६ देखि कक्षा ९ सम्म ६ अाेटा टिमले प्रतियाेगितामा भाग लिएकाे थियाे ।