मालतीकाे अवस्था विगत १३ दिनदेखि अज्ञात, श्रीमान्, जेठाजु र जेठानी फरार

नवलपरासी, १ माघ ०७६

श्रीमानसित व्यवहार बेमेल हुदै गरेकाे खबर पाइ छाेरीकाे घरजम मिलाउन लागीपरेकाे बुवा श्री किशुन काेइरी छाेरी बेपत्ता भएकाे १३ दिन बितिसक्दा पनि लास वा सासकाे कुनै अत्ताेपत्ताे पाउन नसकेकाेले छटपटिएका छन् ।

उनले भने, दिनरात खाेजीमा लागी परेपनि ०७६ पुष १८ गते सुक्रवार रातीदेखि बेपत्ता बनेकी छाेरी मालतीकाे अवस्थाबारे कुनै जानकारी कतैबाट पाएइन । नहरमा हाम फाल्याे भन्दै छाेरीकाे घरबाट दिएइकाे पहिलाे खबरले नै शंका उत्पन्न भयाे । र पनि हामी सबै खाेजी कार्यमा जुट्याैं, गाउंले पनि जुटे, तर ज्वांइ दिपेन्द्र वर्मा, ज्वाइका दाजु अमरेन्द्र वर्मा र ज्वांइका भाउजु मिरा देवी खाेजी कार्यमा जुटेनन् । उनीहरू कतै पनि देखिएनन् । उनीहरू तिनै जना अहिलेसम्म पनि फरार रहेका छन् । कसैकाे कुनै अत्ताेपत्ताे छैन् ।

नवलपरासी प्रहरीले खाेजी कार्य जारी राखेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाकाे भनाइ छ । उनले भने, गण्डक नहरमा हाम फालेकाे हुन सक्ने अाशंकामा गाेताखाेर प्रयाेग गरी पानीमा खाेजी गरियाे तर फेला परेन । नहरमै हाम फालेकाे भनी चर्चा रहेकाे अाधारमा नहरमा फेरी पनि एकपटक नेपाली सेनाकाे टाेली प्रयाेग गरि पुष २७ गते खाेजि गरियाे तर पनि बेपत्ता बनेकी मालतीकाे अवस्था अज्ञात नै रहेकाे छ ।

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ गुठी परसाैनी घर भएका बुवा श्री किशुन काेइरीले ०७५ बैशाखमा वडा नं. ७ गूठी सुर्यपुरा घर भएका वर्ष ३० का दिपेन्द्र वर्मा सित सामाजिक मान्यता अनुरूप बाजागाजा बजाइ विवाह गरिदिएका हुन् ।

वर्मा उतिबेला राहत काेटामा डम्बर अाधारभुत विद्यालयमा पिपरपाती (प्रतापपुर गाउंपालिका ८) मा शिक्षक थिए । हाल स्थायी शिक्षकमा स्थायी भइ पुर्वी नवलपरासीकाे हुप्सेकाेट गाउंपालिका अन्तर्गत एक विद्यालयमा हाजिर भइ स्थायी सेवा अारम्भ गरेकाे लगत्तै याे घटना भएकाे छ । विद्यालयबाट विदामा घर अाएकै दिन पुष १८ गते सुक्रवार राती छाेरी मालतीकाे हत्या गरी लास लुकाएकाे बाबु श्री किशुन काेइरीले अाराेप लगाए । उनले अगाडि भने, छाेरीले विवाह भएकाे केही समय लगत्तै श्रीमानकाे व्यवहार ठिक नभएकाे तथा उनकाे अाफ्नै भाउजु मिरादेवी सित लसपस रहेकाेले मसित दुर्व्यवहार गर्ने गरेकाे पीडा मसित सुनाएकी थिइन् ।

बेपत्ता बनेकी मालतीकाे श्रीमान दिपेन्द्र वर्मा (हुप्सेकाेट गा.पा.काे एक विद्यालयमा हालै स्थायी भएका शिक्षक हुन्, हाल  फरार रहेका छन् ।)

भाउजुसित लसपस भएकै कारण उसकाे श्रीमान दिपेन्द्र वर्मा काेइरीले मेराे छाेरी मालतीकाे हत्या गरेकाे दावी गर्दै हत्या गर्नमा संलग्न रहेकी उनकी भाउजु र दाजु अमरेन्द्र वर्मा लगायतलाइ विपक्षी बनाइ इलाका प्रहरी कार्यालय बेलाटारीमा खाेजतलास गराइ अावश्यक कार्वाहीका लागि पुष २३ गते नेवेदन दिए । हत्या नगरेकाे भए घरपरिवार सबै किन फरार रहेका छन् ? प्रहरीले उनीहरूलाइ अनुसन्धानका लागि खाेजी गर्न किन नसकेकाे हाे ? भनी प्रतिप्रश्न गरे । लास नभेटिएपनि प्रहरीले फरार रहेका अाराेपीलाइ समेत पक्राउ गरी अनुसन्धान गरिनुपर्ने हाे तर अहिलेसम्म उनीहरू काेही पनि पक्राउ परेका छैनन् ।

उनले अगाडि भने छाेरीले गुनासाे गरेपछि म स्वयम छाेरीकाे घरमा पुगेर साेधी खाेजी गर्दा ज्वांइ लुकेकाे, सामुन्ने नअाएकाे तथा छाेरीका ससुरा रामचन्द्र वर्माले अाफुलाइ केही थाहा नभएकाे भनी उम्किने प्रयास गरे । विवाह गरेकाे १ वर्ष १० महिना पुगीसक्याे तर श्रीमानले हालसम्म पनि विवाहदर्ता र नागरिकता नबनाइ दिएकाले पनि मेराे छाेरी प्रति उनीहरूकाे साेंचाइ ठिक नरहेकाे सावित गर्दछ भने ।

न्यायका लागि उनले सञ्चारकर्मी, मानवअधिकारकर्मी, नागरिक समाज तथा नेपाल सरकारसित माग गरेका छन् ।