सुस्ता २३ चैत

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिका बिच पर्ने बेलाटारी र फेनाहारा बजारलाई ईलाका प्रहरी कार्यालय बेलाटारी र बेलाटारी फेनाहारा बजार व्यवस्थापन समिति नवलपरासीको संयुक्त आयोजनामा बृहत सरसफाइ तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुन्दर गाउँ स्वच्छ बजारको मुल नाराका साथ बजार सरसफाइ गरिएको बेलाटारी फेनहारा बजार व्यवस्थापन समिति नवलपरासीका अध्यक्ष अनुरेश जैसवालले बताउनु भयाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य अजय बहादुर शाही, ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमल क्षेत्री सहितको प्रहरी जवानहरु, बजार व्यवस्थापन समितिका पदाधिकारी, संचारकर्मी, भद्रभलादमीको सहभागिता रहेकाे थियाे । भिडियाे हेर्नका लागि यहां क्लिक गर्नुहाेला । https://www.facebook.com/100005622079397/videos/1047087485488644/?t=1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here