सेवाग्राही मुखी बन्दै २ न वडा कार्यालय सुस्ता

श्याम थापा
नवलपरासी १५ कार्तिक ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालयमा सेवा पाउन सहज बन्दै गएकाे छ । सेवाग्राहीहरूले वडा सेवामुखी बन्दै गएकाे बताएका छन् ।
कृषकहरुकाे गुनासाेकाे अाधारमा सहज र सरल रूपमा पशु सेवा प्रदान गर्ने उद्देश्यले कृषक कार्यालयमा होइन, कार्यालय नै कृषकको घरमा भनेर कृषकहरुलाई लगबुक वितरण गरिएको सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाले बताउनुभयो ।
वडा न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाको अध्यक्षतामा र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ८ वटा दर्ता भएको पशु फर्मका कृषकहरुलाई लगबुक वितरण गरिएको हो ।
सुस्ता गाउँपालिका वार्ड न २ मा २४ जना पशुपालन कृषक रहेको र त्यसमध्ये मा ८ जना कृषकहरुले पशुपालन फर्मलाई गाउँपालिकामा दर्ता गरेका छन ।
साथै सोही कार्यक्रमको अवसरमा सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष मुखियाले कार्यालयलाई सेवाग्राही मुखी बनाउनको लागि एक घर एक पशु प्राबिधिक सेवा, एक घर एक फलफूलको बोट, जेष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य परिक्षण र घर घरमा समाजिक सुरक्षा भत्ता लगायतका विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नु भएको छ ।
सो कार्यक्रममा वार्ड न १ का अध्यक्ष अशोक कुमार चौधरी, वार्ड न ३ का वडा अध्यक्ष राजकुमार महतो, वार्ड न ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग, वार्ड न ५ का वडा अध्यक्ष प्रभु नाथ यादव, पशु प्राबिधिक मिलन गौतम, सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे लगायतका वक्ताहरुले कृषकहरुलाई उत्प्रेरित गराउनका लागि यस्तो कार्यक्रमलाई निरंतरता दिनुपर्ने वक्ताहरुको जोड थियो ।