सुस्तामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

श्याम थापा

सुस्ता १२ असोज
नवलपरासी जिल्ला सुस्ता गाउँपालिका कार्यालय कुडियाको आयोजनामा बिजया दशमी, शुभ दिपावली, छ्ठ पर्व तथा मोहरम पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सुस्ता गाउँपालिका कार्यालयको सभा हलमा सम्पन्न भएको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षयता र सुस्ता गाउँपालिका कार्यालयका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको विशेष अातिथ्यतामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सुस्ता गाउँपालिकामा परेका साबिक गा बि स हरु पक्लिहवा, रुपौलिया, नर्सही, कुडिया र त्रिबेणी सुस्ता गा बि स को गा बि स अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, पत्रकार र सुरक्षाकर्मिहरुको उपस्थिति रहेको थियोे ।

सो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सबिक कुडिया गा बि स को पुर्व गा बि स उपाध्यक्ष लोरिक यादव, पुर्व गा बि स अध्यक्ष प्रेम चन्द्र गुप्ता, बिद्यालयको तर्फबाट महेन्द्र मा बि कुडियाका प्र अ भुपनारायण चौधरी, ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिंह थापा,ने क पा एमालेका प्रतिनिधि धन बाहादुर गुरुङ र नेकपा एमाले नवलपरासीको जिल्ला सचीववालय सदस्य टेक नारायण उपाध्याय लगायतले बिजया दशमीमा सबैको घरपरिवारमा सुख शान्ति र विशेष हर्षउल्लासको साथमा बितोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साथै बिजया दशमी,शुभ दिपावली,छ्ठ पर्व तथा मोहरम पर्वको शुभकामना दिदै सुस्ता गाउँपालिकालाई नमुना र अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि सबैको आवश्यक रहेको र सबै यो कार्यमा एक भै लाग्नु पर्ने सुस्ता गाउँपालिका कार्यालयका अध्यक्ष राम प्रसाद पाण्डेले अनुरोध पनि गर्नु भएको थियो ।