सुस्तामा गाउँब्लक लालपुर्जा वितरण

श्याम थापा

सुस्ता २८ माघ

सुस्ता गाउँपालिकामा वर्षाैंदेखि गाउँब्लक जग्गामा बसाेबास गर्दै अाएका १ हजार २ सय ४२ जनालाइ जग्गाधनी लालपुर्जा वितरण गरिएकाे छ ।

सुस्ताको वडा नं. ५ मा रहेकाे साविक पक्लिहवा गाबिसमा ८ सय जना र वडा नं. २ मा रहेकाे साबिक कुडिया गाबिसमा ४ सय ४२ जनाले भाेगचलन गर्दै अाएकाे गाउँ ब्लक जग्गाको नाप जांच गरेपछि लालपुर्जा वितरण गरिएको नापी कार्यालय पश्चिम नवलपरासीका प्रमुख सुग्रिव यादवले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले एक वृद्धलाई पुर्जा प्रदान गर्दै लालपुर्जा वितरण कार्य शुरू गरिएको कुडिया गाउँ ब्लक लालपुर्जा वितरण टोली प्रमुख रामचन्द्र चौधरीले बताउनुभयो ।

त्यस्तै सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा पनि लालपुर्जा वितरण गरिएको पक्लिहवाको गाउँब्लक लालपुर्जा वितरण टोलि प्रमुख इन्द्रजित प्रजापतिले बताउनु भयो ।

गाउँ ब्लक जग्गाको लालपुर्जा पाएपछि आफुहरुलाई बित्तीय कारोबार तथा विभिन्न कार्यहरु गर्न सहज हुने भएको भन्दै स्थानीयबासीहरुमा खुशी व्यक्त गरेका छन ।