सुस्ताको पक्लिहवामा सञ्चार सुविधा नहुँदा स्थानीय समस्यामा

श्याम थापा
सुस्ता ११ बैशाख

नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पकलिहवाका बासिन्दाहरु सञ्चारको सुविधा नहुँदा समस्यामा परेका छन् ।

पक्लिहवाको क्षेत्र अन्तर्गत पर्ने वेलवानी, सकरदिन्ही, बलिनगर, महलबारी, नथईनगर, रामनगर, मियाटोल, नन्दनगर र पतरका अन्तर्गत पर्ने केही टोलहरुमा सञ्चारको सहज पहुँच नहुँदा यस क्षेत्रका बासिन्दाहरु समस्यामा परेका हुन् ।

नेपाल टेलिकमको टावर पर्याप्त नहुँदा सहजरुपमा मोबाइल सेवासहित इन्टरनेट सेवाबाट समेत स्थानीय वञ्चित जस्तै बनेका छन् ।

सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित सविक पक्लिहवा गा बि स को वार्ड न ३ तरैनी गाउँमा नेपाल टेलिकमको नमस्तेको टावर राखिएको छ । तर नेपाल टेलिकमको टावर भएपनि टावरले नजिकका केही गाउँमा सञ्चारको लागि सहज भएतापनि पक्लिहवाको अन्य गाउँ सकरदिन्ही, वेलवानी, बलिनगर, मियाटोल, नन्दनगर, नथईनगर, महलबारी र पतरका अधिकांश क्षेत्रमा भने टावरको क्षमता नपुग्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् ।

छिमेकमा रहेको प्रतापपुर गाउँपालिकाको वार्ड न ६ गूठी प्रसौनीमा नेपाल टेलिकम नमस्ते र निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको टावर छन् तर टाढा भएकाले पकलिहवा सञ्चार सेवाबाट वञ्चितीमा रहेकाे हाे ।

सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको तरैनी गाउँमा रहेको टावरले अलिकति काम गर्ने भए पनि मोबाइलबाट कुरा गर्दा काटिने, नबुझिने समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

पक्लिहवाको तरैनी गाउँमा रहेको नेपाल टेलिकमको नमस्तेको टावरको पावर थप बढाउनको लागि पक्लिहवाका स्थानीयबासीहरुले नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवालाई पटक पटक भन्दा पनि बेवास्ता गरेको पक्लिहवा तरैनी बस्ने राम प्रसाद जोशीले बताउनुभयो ।

उहाँका अनुसार पक्लिहवाको तरैनी गाउँमा रहेको नेपाल टेलिकमको नमस्तेको टावरले अन्य गाउँ हरुमा टावर नटिप्नुको साथै बिजुली नभएको समयमा करिब १ घन्टा मात्र टावर रहने त्यसपछि टावर बिहिन अर्थात सञ्चार बिहिन पक्लिहवा हुने बताउनुभयो ।

समयमै सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवाको तरैनी गाउँमा रहेको नेपाल टेलिकमको नमस्ते टावरको पावरलाई थप गरि पक्लिहवाका स्थानीयबासीहरुलाई सञ्चार बिहिन हुन बाट मुक्त बनाउनको लागि पक्लिहवाका स्थानीयबासीहरुले नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवालाई आग्रह पनि गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here