सुशिल काेईराला युथ साेसलिस्ट सर्कल नवलपरासीको अध्यक्षमा शिव पाण्डे

नवलपरासी, १ असाेज
सुशिल काेईराला युथ साेसलिस्ट सर्कल पश्चिम नवलपरासीको अध्यक्षमा बर्दघाट नगरपालिका वडा नं २ का शिव पाण्डे चयन गरिएका छन् ।
सुशिल काेईराला युथ साेसलिस्ट सर्कल नामक संस्था नेपाली जनताहरुकाे बिगत साठी वर्षदेखिकाे अाफ्नाे संविधान  अाफैले लेख्ने चाहना पुरा गरेका नेपालका पुर्व प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल काेईरालाका बिचार तथा चिन्तनले स्थापना भएकाे हाे ।
यस संस्थाले स्वर्गिय सुशिल काेईरालाका बिचार तथा चिन्तन नेपालका कुना कान्दरामा पुर्याई युवाहरुका माध्यमवाट युवाहरुकाे नेतृत्व बिकास गर्दै, समय सुहाउदाे, नेपाली परिबेश अनुसारका युवा निर्माण गरि देश निर्माणकाे मुलधारमा ल्याउने उद्देश्य राखिएकाे छ ।
सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले सुशिल काेईराला युथ साेसलिस्ट सर्कल पश्चिम नवलपरासीको अध्यक्षमा बर्दघाट नगरपालिका वडा नं २ का शिव पाण्डे चयन गरिएकाे जानकारी पत्र मार्फत गराएका हुन् ।
अव चाडैनै यस जिल्लामा समिति बिस्तार कार्य गरिने नवनियुक्त पाण्डेले जानकारि दिए ।