सुकुम्बासी समस्या समाधान गर्छुः नेता कण्डेल

नवलपरासी, १० असोज ।

नेपाली कांग्रेसका नेता एवंम् पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नवलपरासीको अमरौटका सुकुम्बासीहरुलाई समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नवलपरासीको अमरौटमा सुकुम्बासीहरुसंग छफलफलमा नेता कण्डेलले अमरौटका सुकुम्बासीहरुलाई जग्गा धनि पुर्जा दिलाउने सवालमा आफु र आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सुकुम्बासीहरु संग छलफल गर्दै बर्षोदेखी जोतभोग गर्दै आएका सुकुम्बासीहरुलाई तत्काल जग्गा धनी पुर्जा उपलब्ध गराउने सवालमा आफु प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । सो अवसरमा बोल्दै नेता कण्डेलले सुकुम्बासीहरुको समस्या आफु र आफ्नो पार्टीको समस्या भएकाले यसको समग्र व्यस्थापनका लागी आफु र आफ्नो पार्टी तत्काल जग्गा धनी पुर्जा दिलाउने काममा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नवलपरासीको रामग्राम नगरपालिका वडा न. १४ अमरौटमा करिब एक सय घरधुरी सुकुम्बासी रहेका छन् । करिब १५ बर्ष अघि देखी जोतभोग गर्दै आएको सुकुम्बासीहले हालसम्म पनि आफ्नो जग्गाको जग्गाधनी पुर्जा पाउनसकेका छैनन् ।