सीमामा फेरी कुखुरा बरामद

संजय कुशवाहा / नवलपरासी भदौ १७
सुस्ता पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे वडा नं. ५ पक्लिहवा नाकाबाट सशस्त्र प्रहरी बोडर आउट पोष्टले भारतबाट नेपाल भित्र्याउदै गरेकाे दुई लाख मुल्य बराबरको बोईलर कुखुरा गएराती नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । यस अघि पनि बरामद गरिएकाे थियाे
सक्रिय बन्दै गएकाे सशस्त्र प्रहरी मोबाईल गस्तीटोलीको आधारमा सशस्त्रप्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले भारतबाट पिकपमा लोड गरी नेपाल भित्र्याउदै गर्दा नियन्त्रणमा लिन सफल भएकाे हाे ।
प्रहरीलाई देखेपछि तस्करहरु कुखुरा र पिकप छोडेर भागेकाे सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताउनु भयाे । नियन्त्रणमा लिइएकाे साे कुखुरा र पिकप आज भन्सार कार्यालय महेसपुपर पठाएको छ । प्रतापपुर गाउपालिका वाड न.५ बसहिया नाकाबाट सेतो केराउ एक क्युटल पचिस केजी नियन्त्रणमा लिई कार्वाही चलाएको छ ।
जिल्लाकाे पकलिहवा, गुठी प्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट मरिच, रोपाडी, लत्ताकपडा, नेपाली सेतो केराउ, बोईलर कुखुरा, चल्ला भित्रिदै आएकाे स्राेतकाे दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here