सीमामा धमाधम चल्ला पक्राउ

नवलपरासी, भदाै ५ ।

नवलपरासी जिल्लाकाे पल्हिनन्दन गाउपालिका वडा नं १ महेशपुर सीमामा गएराती भारतबाट नेपाल भित्र्याउदै गरेकाे चल्ला प्रहरीले बरामद गरेकाे छ ।

प्रहरीले ३ लाख ८० हजार मूल्य बराबरको चल्ला बिहान ९ बजे बरामद गरेकाे सशस्त्र प्रहरी हरपुरका ईन्चार्ज राजकुमार अधिकारिले बताए ।

बरामद गरीएकाे चल्ला क्वारेन्टाईन महेशपुरका प्रमुख खडक बहादुर सिह, पत्रकार र आम नागरिकको रोहबरमा नष्ट गरिएकाे छ ।

हिजाे मात्रै महेशपुर सीमामा प्रहरीले भारी मात्रामा चल्ला बरामद गरि नष्ट गरेकाे थियाे । http://www.onlinejanata.com/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%9A%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE-%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE/