सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प

काठमाण्डाैं, ३१ भदाै ।

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्का सहितको भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टर स्केलसम्मको भूकम्प गइरहे पनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो ।