साहित्य परिषद् नवलपरासीको २९अौं मासिक घुम्ति यात्रा सम्पन्न

उमेश बि.क, नवलपरासी, १० चैत्र

नवलपरासीको सुनवल नगरपालिका १२ भुमहि स्थित नेचर रे रिभर भ्युको सभा हलमा साहित्य परिषद् नवलपरासीको २९अौं मासिक घुम्ति यात्रा सम्पन्न भएको छ ।

साहित्य परिषदका अध्यक्ष डा. श्याम न्यौपानेको अध्यक्षता र परिषदका सचिव कृष्ण पौडेल समर्पणको सन्चालनमा करिव ४० जना साहित्यकारहरुको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा परिषदका उपाध्यक्ष उत्तम ध्वज केसिको स्वागत मन्तव्य रहेको थियो भने रिसोर्टका सन्चालक कृष्ण श्रेष्ठको सुभकामना मनतव्य रहेको थियो।

कार्यक्रममा श्याम न्यौपाने , तिलक भट्टराई अन्जान , दिर्घनाथ गौतम, नारायण पान्डे, कृष्ण पौडेल समर्पण , दुर्गा भुसाल, दिलिप शर्मा, भविस्वर पराजुली, निशान रेग्मी, यमजित मल्ल, यम सापकोटा, घनश्याम अाले, गिता सापकोटा , कुसुम चापागाईं, रामहरि अधिकारी , यम कुमारि सुवेदी, कश्यम विक लगायत दुई दर्जन साहित्यकारले अाफ्नो रचना बाचन गर्नुभएको थियो भने अन्य व्यक्तित्वले साहित्यले समाजमा पार्ने सकरात्मक प्रभावको खुलेर प्रशंसा गर्दै साहित्यमा लाग्नुपर्नेमा जोड दिए । परिषदको अागामि ३० अौं श्रृङखला नयाँ वर्ष २०७६ सालको दोश्रो शनिवार वैशाख १४ गते सामुदायिक रेडियो परासीको सभा हलमा यमकुमारि सुबेदिको संयोजकत्वमा सम्पन्न हुने निर्णय भएको सचिव कृष्ण पौडेल समर्पणले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here