साहित्यिक परिषद नवलपरासीको अध्यक्षमा डा.श्याम न्यौपाने

उमेश बि.क / नवलपरासी , १२ माघ

साहित्यिक परिषद नवलपरासीको अध्यक्षमा डा.श्याम न्यौपाने चयन हुनुभएको छ । नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित बाैद्धबिहारको प्राङ्गणमा सनिवार साहित्यिक परिषद नवलपरासीकाे प्रथम अधिबेशनले न्याेपानेलाइ चयन गरेकाे हाे ।

अधिबेशनमा साहित्यिक परिषद नवलपरासीको अध्यक्ष डा.श्याम न्यौपानेकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हाे । समितिकाे उपाध्यक्ष पदमा उत्तमध्वज के.सि, सचिव कृष्ण पौडेल समर्पण, सहसचिव यमजित मल्ल, कोषाध्यक्ष तिलक भट्टराई अन्जान, सदस्यमा भविस्वर पराजुली, दीर्घनाथ गौतम, कपिलदेब पंगेनि, रामहरि अधिकारी, गीता सापकोटा र दीलिप शर्मा चयन हुनुभएको छ ।

कार्यक्रममा श्याम न्यौपाने, उत्तमध्वज केसि, कृष्ण पौडेल, तिलक भट्टराई, दिलिप शर्मा, दिर्घनाथ गौतम, रामहरि अधिकारी, कपिलदेबि पंगेनि, भबिस्वर पराजुली, दुर्गा भुसाल, नारायण पान्डे, गिता सापकोटा, यमजित मल्ल, यम सापकोटा लगायतका स्रष्टाहरुले रचना बाचन गर्नुभएको थियाे ।

यसै बिच २७औं मासिक घुम्ति साहित्य शृङ्खला परिसदका नवनिर्वाचित सचिव कृष्ण पौडेल समर्पणको सन्चालनमा भएको कार्यक्रममा १००८ स्वामी इस्वर जि महाराज साथै ५० जना भन्दा बढी साहित्यिक अनुरागिहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनले आगामी फाल्गुन ११ गते साहित्यिक बनभोज कार्यक्रम बर्दघाट ५ कन्चन गढीमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here