सामुिहक जबरजस्ती करणी गर्ने ९ जना पक्राउ, सबै १९ देखि ४५ वर्ष भित्रका

34

नवलपरासी पश्चिम भदौ २४ गते

सामुहिक बलात्कार घटनाका आरोपी १० जनामध्ये पक्राउ परेका ९ जनालाइ पश्चिम नवलपरासी प्रहरीले ५ दिने म्याद थप गरी अनुसन्धान थालेको छ ।

ड्युटीका लागि बाइकमा अफिस तर्फ जादै गरेको अवस्थामा बाटोमा रोकेर उखुबारीमा लगी बलत्कार गरेको आरोपमा स्थानीय ९ जना पक्राउ परेको र १ जना फरार रहेको ईप्रका बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले बताए ।

एक लघु वित्त संस्थामा काम गर्ने १९ वर्षीया ती युवती अफिस जादै गेरको अवस्थामा आइतवार विहान करिब साढे ९ बजेको समयमा सुस्ता गाउंपालिका वडा नं. ३ सेखुवाना गाउं नजिकै बाटोमा रोकेर करीब ३ सय मीटर पर लगेर उखुबारीमा १० जनाले सामुहिक बलत्कार गरेको बताए ।

पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला सुस्ता गाउंपालिका वडा नं. ३ का स्थानीय २२ वर्षे सन्दिप यादव, ३७ वर्षे भिमलाल मुसहर, ४५ वर्षे सुरेन्द्र यादव, २५ वर्षे मनमोहन राजभर, २२ वर्षे शिवराज राजभर, २२ वर्षे राजु मुसहर, ४० वर्षे नेत्र चौधरी, १९ वर्षे पिन्टु राजभर, र १९ वर्षे अमरनाथ भेडीहार रहेका छन् ।

प्रहरीले जिल्ला अदालतबाट हिजाे साेमवार ५ दिने म्याद लिएर घटनाको अनुसन्धान अगाडि बढाएको छ । आरोपीत सबैलाइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको नवलपरासी प्रहरी नायब उपरक्षिक विरेन्द्र थापाले बताए ।

उनका अनुसार आरोपीतहरुले किशोरीलाइ धम्की दिएर उंखुबारीमा लगेर बलत्कार गरेको उजुरी प्रहरीमा परेको छ । समयमै उजुरी परेका कारण आरेपितलाइ पक्राउ गर्न सकिएको प्रहरी निरीक्षक श्रीमलले बताए