सहकारीकाे साधारण सभा तथा अधिवेशन सम्पन्न

संजय कुशवाहा, २४ कार्तिक, नवलपरासी ।

प्रतापपुर गाऊँपालिका गुठी सुर्यपुरामा रहेकाे शुभेच्छा सहकारीले छैठौं साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

गाउपालिका प्रमुख राजकुमार शर्माकाे प्रमुख अातिथ्यता रहेको कार्यक्रममा ०७४/०७५ को ७ करोड ६९ लाख ४ हजार ५ सय ५ रुपैयाँकाे आय व्यय प्रस्तुत गरिएको थियो । शेयर सदस्य संख्या १९६८ रहेकाे छ ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव, गण्डक नदि नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, सत्यदेव पाण्डेय लगायतले शुभकामना दिए । अधिवेशनले भगवान प्रसादकाे अध्यक्षतामा नयां कार्य समितिकाे चयन गरेकाे छ ।