श्याम थापा
सुस्ता १६ फाल्गुन

नारायणी नदिबाट अवैध रूपमा नदिजन्य पदार्थ चोरी गरिरहेको बेला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताले ६ वटा ट्याक्टर पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सुस्ताको सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा गएको १३ जनाको मोबाइल टोलीले सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा टोल अघि नारायणी नदिबाट गिट्टी,बालुवा र ढुङ्गा चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका ट्याक्टरहरु आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पठाएको सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले जानकारी दिनु भएको छ ।

नारायणी नदिबाट हुने अबैध रूपमा नदिजन्य पर्दाथको चोरी कार्य रोक्नको लागि सशस्त्र प्रहरी बलका टिम सुस्ता गाउँपालिकामा सकृय भै लागिरहेको छ भने नेपाल प्रहरीका टिम हरुले उल्टा स्थानीय ठेक्दारहरुसंग मिलेर नारायणी नदिमा ब्रहम लुट मच्चाएको छ ।