सशस्त्रकाे वृक्षाराेपण कार्य

संजय कुशवाहा नवलपरासी /जेठ २२

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनीले अाज मंगलवार प्रहरी परिसरमा वृक्षरोपण गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज  बिहान प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठीपरसौनीले आफनो पोष्टको हाता भित्र वृक्षरोपण गर्गयने ।

वृक्षाराेपणमा आँप,लिची,अम्बा,असोक ,सहदवन गरि करीब पच्पन्न वटा वृक्षहरू वृक्षारोपण गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।