उमेश बि.क
नवलपरासी, २३ चैत
नवलपरासीको सरावल गाउँपालिकामा शनिवारदेखि निशुल्क प्रथम खुल्ला याेग बिज्ञान शिबिर सुरु भएको छ ।
सरावल गाउँपालिकाकाे अायाेजना तथा पतन्जली योग समिती नवलपरासी, पतन्जली योग समिति नेपालको सहजिकरणमा सरावल गा.पा २ जनता मा.बि मनरी र सरावल गा.पा ६ महेन्द्र जनता मा.बि गडाैरीमा २७ गतेसम्मका लागि सन्चालन भएको हाे ।
याेग बिज्ञान शिबिर वडा नं १ वडा अध्यक्ष भेष नरायण चाैधरीकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा एवम् सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशिस्ट अातिथ्यतामा सुरु भएको हाे।
निशुल्क प्रथम खुल्ला याेग बिज्ञान शिबिरलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले योगा भनेको जिबनको महन्वपुर्ण गहना हो यसको हरेक पाइला पाइलामा महत्व हुन्छ । यो महत्वलाइ बुझेर अगाडी बढ्दा असफलता भनेको खोजेर पनी पाइदैन भन्नु भयो । उँहाले योग जिबनको लागी अति आबश्यकता चिज भएको र योगले नै मानीसलाइ सकारात्माक दिशामा अगाडी बढाउँने भएकाले यसको ठुलो महत्व रहेको हो भन्नु भयो ।
योग मानिसका लागि अत्यावश्यक भएकाले जीवनमा स्वस्थ रहनकाे लागि प्रत्येक दिन नियमित याेग गर्नुपर्ने यसले स्वास्थ स्वस्थ रहने सहयोग गर्ने भएकोले यसलाई जिवनौपयोगी बनाउनु पर्नेमा जोड दिदै योग सिकाई मात्र नभएर योगलाई स्वस्थ्य जीवनका लागि प्रयोग गरिए मात्र यसको सार्थकता रहने बताउदै सबैलाई शिविर मा सहभागी हुन समेत उहाले आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष रायले मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रुपमा समेत योगलाई लिने गरिन्छ । योग आफैंमा विज्ञान हो । यसका आफ्नै नियमहरु हुन्छन् ।
ती नियमहरु राम्रो तवरले पालना गर्न सके योगको माध्यमबाट हाम्रो जीवन सफल र सार्थक बन्न सक्छ । मानीस कुनै न कुनै प्रकारले योगामा रहेमात्र स्वस्थय हुने हुँदा यो प्रबृद्धीलाइ सदुपयोग गरेर अगाडी बढ्नु पर्ने बताउँनु भयो । शिविर पतान्जलि याेग शिबिर रुपन्देही संगठन प्रभारी लक्षुमण ज्ञवाली र पतान्जलि याेग शिबिर रुपन्देही ग्रामीण प्रभारी सुस्मिता अाचार्यले सहजिकरण गर्नु भएको हाे।
शिविरमा आहार, विहार, खानपान, जडिबुटी, जिवन शैलि, योग, प्रणायम, आशन लगायका विषयमा ५ दिन सम्म प्रशिक्षण हुने अायुर्बेद शाखा प्रमुख अजय बर्माले जानकारी दिनुभयो । शिविरकाे पहिलो दिन वडा नं २ वडा अध्यक्ष सम्भु चाैधरी, अायुर्बेद शाखा प्रमुख अजय बर्मा, जनता मा.बि मनरी बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दृग नरायण लाेनिया, समाजसेवी सीता शर्मा, समाजसेवी कृपाकाैशल चाैधरी, समाजसेवी कृष्ण नरायण श्रेष्ठ लगायत स्थानियकाे उत्साहजनक उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here