सरावलमा चैत २८ गते काङ्ग्रेसको शुभकामना अादान प्रदान कार्यक्रम हुने

उमेश बि.क /नवलपरासी ,२१ चैत
नवलपरासीको सरावल गाउँपालिकामा कांग्रेसले चैत २८ गते नयाँ बर्ष २०७६ काे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रमको आयोजना गर्दैछ । नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।
नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समितिकाे संयाेजक बिनाेद कुमार पाण्डेकाे अध्यक्षतामा भएको बैठकमा महासमिति सदस्य राधेश्याम चाैधरी, महाधिवेशन प्रतिनिधि उत्तमा राय, महाधिवेशन माेहन शर्मा, जिल्ला सहसचिव हरि यादव, भुपु क्षेत्रीय सभापति साेमनरायण चाैधरी, केन्द्रीय प्रतिनिधि झिंकुसिंह चाैधरी, क्षेत्रीय उपुभापति चन्द्र प्रसाद गुप्ता, क्षेत्रीय काेषाध्यक्ष चन्दा चाैधरी, इकाई सचिव इन्द्रबहादुर चाैधरी, वडा नं ३अध्यक्ष अणेन्द्र राय, वडा नं ४ अध्यक्ष छाेटेलाल यादव, प्रदिप अग्रहरी लगाएको सहभागीता रहेको थियाे।
शुभकामना अादानप्रदान कार्यक्रम सरावल गाउँपालिका वडा नं ३ मा स्थित महेन्द्र मा.बि सरावलकाे प्रागणमा बिहान ११ बजेदेखि चैत २८ गते हुने भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस राजनीतिक दलका नेता, कार्यकर्ता लगायतका विशिष्ट महानुभाव, नेपाली काङ्ग्रेसका भातृसंगठन सदस्य, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुक लगाएत तीन हजार भन्दा बढी ब्यक्तिहरुकाे सहभागिता रहने समन्वय समितिकाे संयाेजक बिनाेद कुमार पाण्डेले जानकारी दिनुभएको छ।