उमेश बि.क / नवलपरासी, १९ भदौ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं.१ बासा बसहिमा फुड बैंक स्थापना भएको छ।
फुड बैंक उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं` भन्ने मुल नाराका साथ संचालित फुड बैंकबाट गरिब, असहाय, असक्त, अनाथ बालबालिका र अपाङ्गता भएकाे ब्यक्तिहरुलाई सरावल गाउपालिका सधै सहयोग गर्दै आएकाे र प्रत्येक ब्यक्तिकाे सुख दुखमा साथ रहने र आवश्यक परेकाे बेलामा सधै सहयोग गर्ने छाै साथै संकल्प प्रतिष्ठानले याे फुड बैंक स्थापना गरेकाे कार्य प्रति पालिका भित्र उदाहरणिय काम गरेकाेमा सरावल गाउपालिका सदैव सहयाेगका लागि तयार रहने र आगामि दिनमा अझ कृयाशिल भई सामाजिक कार्यमा लाग्न सल्लाह सहित युवाहरुकाे साथमा पालिका रहेकाे अध्यक्ष चा‌ैधरीले बताउनु भएको हाे।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाैडेलले सरावल गाउपालिका भित्र रहेको स्थानीय बासिहरुकाे घरघरमा पुगि काेराेना महामारी काेभिड १९ काे अवस्था बुझ्ने र अावश्यक परेकाे खण्डमा विभिन्न खाद्यान्न सामाग्री उपलब्ध गराउदै आएकाे र युवाहरुले यस्तो विषम परिस्थितिमा गरेको उदाहरणीय कामकाे प्रशंसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हाे । युवाहरुले महामारीका बखत समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालनमा ल्याएको र विषम परिस्थिति जारी रहदा सम्म यो अभियान चलिराख्ने भन्दै सहयोग गर्न चfहने महानुभावहरुले ९८५७०२४०५८ मा सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा शुसान्त शर्मा घिमिरेले बताए।
तपाईंको सानाे सहयोगले कसैको जीवन बाच्न सक्छ, त्यसैले आउनुहाेस हातेमालो गरौ, सामाजिक अभियानकाे सारथि बनौ र दैनिकी ज्याला मजदुरी गरी घरखर्च संचालन गर्दै आएका अति गरिब, बिपन्न, अनाथ बालबालिका, अपाङ्गता भएको परिवारलाई राहात स्वरुप खाद्यान्न, दाल, तेल, नुन, तरकारी, चिउरा, सोयाबिन, दुध लगाउतका सामाग्री प्रदान गरिने घिमिरेले बताउनु भयो । साे कार्यक्रममा वडा न १ का वडा अध्यक्ष भेषनारायण चाैधरी संकल्प प्रतिष्ठानका सल्लाहकार राजु ढकाल, समाजसेवी खिमलाल पाेख्रेल, चेतनारायण चाैधरी, देवराज श्रेष्ठ, राधेश्याम चाैधरी लगायतको उपस्थित रहेको थियाे ।
सो फुड बैंक सरावल गाउपालिका भित्र पर्ने वडा नं.१ देखि ७ सम्म परिस्थिति सहज नहुन्जेलसम्म सञ्चालन गर्ने भनी सोका लागी बिभिन्न स्थानिय तह राजनैतिक दल, उद्योगी, ब्यापारी र समाजसेविहरुबाट यस फुड वैंकमा सहयोग गर्न समेत महासचिव सन्जय माैर्यले अनुरोध गर्नुभएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर गरिब, अनाथ बालबालिका, अशक्त परिवारले मात्र फुड बैंकमा आई सहयोग लिन समेत अनुरोध गरिएको छ । साे फुड बैंक स्थापना संगै पहिलो दिन प्रत्क्षयरुपमा ७५ घरधुरी लाभान्वित भएका छन। 
संकल्प प्रतिष्ठानकाे आयाेजना तथा we are from basa basahi काे समन्वय र विभिन्न सहयाेगि दाताहरूको सहयोगमा फुड बैंक उदघाटन कार्य सुभारम्भ भएको हाे । संकल्प प्रतिष्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष चाैधरीकाे प्रमुख अतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे बिशिष्ट अतिथ्यतामा फुड बैंक उदघाटन कार्य सुभारम्भ गरिएको हाे।