काठमाण्डाैं माघ १ गते ।

एमाले वरिष्ठ नेता प्रधानमन्त्री झलनाथ खनालले संबैधानिक व्यवस्थाकै कारण नयाँ सरकार निर्माणमा ढिलाई भएको बताएका छन् । उनले लम्जुंग सदरमुकाम बेसीशहरमा घले समाजले आयोजना गरेको ल्होसर पर्वको अबसरमा सो कुरा बताएका हुन् ।

‘हामीले बनाएकै सबिधानका कारण सरकार निर्माणमा ढिलाई भइरहेको छ यसलाई म अस्वभाविक रुपमा लिन्न । पूर्वप्रधानमन्त्री खनालले भने, ‘फागुनको दोस्रो हप्ताभित्र वामपन्थी सरकार बनेरै छाड्छ ।’ उनले वामपन्थीको एकल सरकार बन्ने पनि जानकारी दिए ।

उनले नयाँ सरकारको प्रमुख कार्यभार लोकतन्त्रलाई अझ बलियो बनाउनु रहेको बताए । ‘हामीले १ सय ४ वर्षे जहाँनीय राणाशासन फाल्यौँ, ३० वर्षे पञ्चायत फाल्यौँ, तानाशाही ज्ञानेन्द्र सरकारलाई फाल्यौँ र लोकततान्त्रिक गणतन्त्र नेपाल बनाएका छौं ।’ नेता खनालले भने, ‘अब लोकतन्त्रलाई गाउँ–गाउँ पुर्याएर देशलाई सम्बृद्ध र नेपालीलाई सुखी बनाउनु पर्छ ।’

अर्को एक प्रसंगमा नेता खनालले एमाले–माओवादीबीच पार्टी चाँडै हुने बताए । खनालले पार्टी एकताबारे अनेक प्रकारका शंका–आशंका नगर्न पनि आग्रह गरे ।